धनगढी–भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा नेपाली बालिका माथि बलात्कार गर्ने एक युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएको छ । चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षीय युवालाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको हो ।
ती पुरुष ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए। गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आएको भारतीय पत्रिका अमर उजालाले जानकारी दिए । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो (शुक्रबार) आरोपीलाई फाँसीको सजाय सुनाएको हो। उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।
दिनेश खबरबाट साभार











