काठमाडौं–पछिल्लो २४ घन्टामा देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ९ सय ५३ जना संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज एक हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १९ हजार ७०० सय जना सक्रिय संक्रमित छन्। यस्तै हाल कोरोना संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।
दिनेश खबरबाट साभार











