बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका र गौमुल गाउँपालिकाका एक–एक गरी दुई जनामा कोरोना पुष्टि भएको छ । सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा जिल्ला बाहिरबाट घर आएका उनी २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।
उनका अनुसार पोजेटिभ देखिएका २ जना होम आईसोलेनमा बस्ने गरी घर पठाईएको बताइएको छ । जिल्लामा दशैं तिहार नजिकिसंगै जिल्ला बाहिर गएकाहरु घर फर्किने क्रम बढेपछि स्वास्थ्य कार्यालयले जिल्लाका मुख्य ४ ठाउँ कोल्टी विमानस्थल, धुलाचौर, जुड्डी र बुढीगंगाको डावबहाजरमा हेल्थ डेस्क संचालनमा ल्याएको छ ।
नागिरक रैवारबाट साभार











