मिन बहादुर खड्का/बाजुरा–जिल्लाका ९ वटा पालिकाहरूमा भएको पालिका तहको अधिवेशन मध्य ८ वटा पालिकामा नेपाली कांग्रेसको पालिका तहको अधिवेशन सर्वसहमतिबाट सभ्य तथा भव्य तरिकाले संम्पन्न भएको छ । भने एउटा पालिकामा मात्र निर्वाचन भएको छ ।
गत असोज ९ गतेबाट संचालन भएको पालिका अधिबेशन सवै पालिकामा संम्पन्न भइसकेको छ । नेपालि कांग्रेस जिल्ला कार्य समितिका सभापति कविराज पण्डितले पालिका तहको अधिवेशन पनि सर्वसहमतिबाट संम्पन्न भएकोमा खुसि व्यक्त गर्दै सम्पुर्ण पालिकाको अधिवेशन सर्वसहमतिबाट सभ्य र भव्य तरिकाले संम्पन्न गर्नका लागि सुरु देखि अन्तिम सम्म खत्ने सम्पुर्ण जनप्रतिनिधि वडा सभापति, मतदान अधिकृत,लगायत नेपालि कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन । जिल्लाका ६९ वटा वडाहरु मध्य ६८ वडामा वडा तहको अधिबेशन पनि संम्पन्न भएको नेता पण्डितले जाानकारी दिए । वडा तह र पालिकाको अधिबेशन सर्वसम्मत तरिकाले संम्पन्न भएकोमा गर्व महसुस भएको सभापति पण्डितको भनाई रहेको छ ।
सभापति पण्डितले वडा र पालिका तहको अधिवेशन सर्वसहमतिबाट नै संम्पन्न हुन्छ भन्ने कुरामा पहिलानै आफु ढुक्क रहेको बताउदै अव आसन्न असोज १६ गते हुने जिल्ला प्रदेश (क) र प्रदेश (ख) को अधिवेशन पनि सर्वसहमतिबाट नै हुन्छ भन्ने कुरामा बिश्वास व्यक्त गनुभएको छ । साथै सभापति पण्डितले जिल्लाका ९ वटै स्थानिय तहका नेपाली कांग्रेस निकत जनप्रतिनिधि, गाँउ तथा नगरपालिकाका पार्टी सभापति, गाँउ तथा नगरको अधिवेशन संम्पन्न गर्नका लागि खटाइएका मतदान अधिकृत लगायत अन्ने नेता कार्यकर्ताहरुलाई वडा तहदेखि गाँउ तथा नगर हुदै जिल्ला र प्रदेशको अधिवेशन पनि सर्वसहमतिबाटै सम्पन्न गर्ने नेपाली कांग्रेसको अठोट रहेकोले सकेसम्म सबै पालिकामा आफ्नै पार्टी भित्र एक अर्का बिच कुनै मनमोटाव नगरी सहमतिका आधारमा अधिवेशन संम्पन्न गर्न आग्रह गरेका छन ।
आसन्न १४औँ माहाअधिवेशन र ७ औँ जिल्ला अधिवेशनको पुर्व संद्ययामा नै जिल्ला कार्य समिति बाजुराले ७ औँ जिल्ला अधिबेशनलाई सकेसम्म सर्वसहमतिकै आधारमा सभ्य तथा भव्य तरिकाले सम्पन्न गर्ने तयारि थालेको हुदा यसमा सवै नेपाली कांग्रेस आस्थावान नेता कार्यकर्ताहरुले साथ दिनुपर्ने बताएका छन ।