मिन बहादुर खड्का/बाजुरा–लामो समय देखि समाजमा रहेका बिपन्न गरिव र उत्पीडित बर्गका मानिसहरुको सेवा अहोरात्र खटिरहेकी साहित्यकार तथा अभियान्ता रिता शाही पनि राजनीतिमा आएकी छन ।
अभियान्ता शाही राजनीतिमा अएपछी नेपाली कांगे्रस बाजुरामा नयाँ उत्साह र जोश जागर उत्पन्न भएको छ । यो हुनु पनि स्वभाविक हो जो अतेन्तै मिलनसार इमानदार ,कुशल सक्षम दिनरात नभनिकन निरन्तर जनताको सेवामा समर्पित साधा जीवन र उच्च बिचार भएकी महिला जसले राजनीतिमा प्रबेश गरेकी छन । वास्तवमा बाजुराले एस्तै नेतृत्व खोजिरहेको छ । एस्तो नेतृत्व बाजुरेली जनता र बाजुरालाई अति आवश्यक छ । र वास्तविक राजनीति पनि एहि जो अभियान्ता शाही हिजो गर्थीन ।
साच्चिकै कै को हुन त साहित्यकार अनि अभियान्ता रिता शाही
हुन त शाहीलाई नचिन्ने प्राय कमै होलान पेशाले शाही नर्स रहेकी शार्ही नेपाली कला र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउने एक प्रखर साहित्यकार समेत हुन । रिता ती मान्छे पनि हुन जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन । जसले बाजुरेली जनताका लागि गरेको उल्लेखनीय योगदान प्रसंसनिय छ ।जहाँ समस्या उत्पन्न हुन्थ्यो त्यहा सवैभन्दा पहिला शाही पुग्थीन ।
शाही राजनीति आईसकेपछी शाहीका समर्थकहरुले जिज्ञासा् गर्न थालेका छन । के शाहीले राजनीतिमा नेता बनिसके पछि पनि पहिला जस्तै काम गर्लीन त यो कौटुहल्ताको बिषय बनेकोे छ ।नेता बनिसकेपछि कसले राम्रो काम गर्छन भनेर एकतर्फी कुराकानी पनि चलिरहेको छ ।तर एता सानै उमेर देखि समाज सेवामा समर्पित हुदै आएकी शाहीले यो बिषयमा बोल्दै आफू हिजो पनि जनताको सेवामा समर्पित थिए आज पनि छु र भोलि पनि रहने बताएकि छन । म नेपाली कांगे्रसमा आस्था पहिला देखि नै राख्थे मैले बिद्यार्थी उमेरमा हुदा जनकल्याण मा.वि मा ४ बर्ष सम्म ने. बि संघकी अध्यक्षमा रहेर काम गरेकी थिए । त्यो भन्दा पछी मैले प्रतक्ष ढंगबाट राजनिति गरेन । म बिभिन्न समयमा अप्रतक्ष रुपमा पार्टीका लागि योगदान दिदै आएकी छु । मैले समाज सेवा गरेपनि राजनितिमा सानै देखि रुचि राख्दै आइरहेकी थिए । हिजो अप्रत्यक्ष रुपमा जनताको सेवा गर्थे भने अव एक अशल नेतृ बनेर जनताको सेवा गर्ने र समाजको बिकास र परिवर्तनका लागि योगदान दिने मेरो उदेश्य रहेको छ ।
राजनीति गर्नेले राम्रो कान गर्न सक्दैनन् भन्ने छैन । कहिलेपनि राजनीति नराम्रो हुदैन राजनीति गर्ने मान्छे गलत हुन्छन । सबै कुरा ब्यक्तिको आचरणमा भर पर्छ म पदको लोभ लालचको राजनीति भन्दा पनि जनताको हित र समाजको बिकास हुने खालका काम गर्ने प्रत्यत्न गर्नेछु । एतिबेला मैले महिला महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छु । सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने कुरामा त म बिश्वस्त छु । सम्बन्धित सबैले सहयोग गरिदिन हुन अनुरोध गर्दछु उनले भनिन् ।
शाही अव साहित्यकार र समाजसेवी मात्र रहिनन् बाजुराले खाजेजस्तै,बाजुराका लागि सुहाउने, बाजुराकी एक आषा अनि भरोसाकी महिला नेतृ पनि बनेकी छन । एक कुशल कर्मठ र इमान्दार मात्र नभई नेपाली कागे्रस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ भएर पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास, महिलाहरुका सवालहरुलाई उठान गर्ने, महिलाहका समस्याहरुलाई समाधानका लागि पहल गर्ने, समाजमा पिछडीएका बर्गहरुको साहारा,साहस बन्ने, समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने, र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने अवको लक्ष रहेको शाहीको भनाई रहेको छ ।