राम बहादुर दानी/बाजुरा– नेपाली काँँग्रेस बाजुराकाे सातौँ अधिबेशनले गाँउ देखि पालिका सम्मको नेतृत्व चयन सहमतिकै आधारमा गरि सकेको छ । त्यस्तै प्रदेश (क) र प्रदेश (ख) मा पनि अधिबेशन सूरु भैरहदा प्रदेश (क) को सभापति भने सहमतिको आधारमा चयन भै सकेको छ । प्रदेश (क) मा नेता राम बहादुर बोहरा र नारायण पाध्यायको उम्मेद्वारी रहेको थियो । प्रदश (क) को सभापतिमा राम बहादुर बोहरा सहमतिको आधारमा चयन भै सकेका छन ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को प्रदेश कार्य समितिको सभापतिका लागि पौडेल पक्षधरबाट रोकाया र देउवा पक्षधरबाट खातीले उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेस श्रोतले बताएको छ । जिल्लाको तल्लो क्षत्रमा रहेको प्रदेश (ख) मा भने सभापित पदका लागि निकै सकस पर्ने भएको छ । बुधबार बिहानै देखी जिल्ला स्तरका नेताहरुको आग्रहमा सहमति गराउन खोज्दा सहमति हुन नसके पछि बिहिबार चुनावी प्रकृयाबाट नेतृत्व चयन हुने सम्भावना रहेको छ । यदि चुनावै हुने हो भने लामो नेता रंग खाती नै बाजि मार्ने सम्भावनामा हुनु हुन्छ ।
देउवा पक्षधरबाट सभापतिका लागि उम्मेदवारी दिएका नेता खाती भानोदय माविका पूर्व प्रधानाध्यापक हुन् । उनी शिक्षक सेवाबाट निवृत भएर काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए भने पौडेल पक्षबाट सभापतिकै लागि उम्मेदवारी दिएका रोकाया बाजुरा उद्योग बाणिज्य संघको डेढदशक बढी अध्यक्ष पदमा कार्यरत रहेका थिए । उनी जिल्लाको दुर्गम गौमुल गाउँपालिका ३ बाट ३ दशक देखि काँग्रेसको राजनीतिमा सक्रिय छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापति पदका लागि उम्मेदवारी दिएका नेता रोकाया र खाती विच तिव्र प्रतिष्पर्दा हुने आकंलन गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा ७ सय २३ जना प्रतिनिधिहरुले मतदान गर्ने भएका छन् भने मतदान प्रक्रिया भोलि विहान सूरु गरिने निर्वाचन समितिले बताएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापति पदका लागि निर्वाचन हुने हो भने नेता खाती नै अत्याधिक हुमतले विजयी हुने प्रवल सम्भावना रहेको छ । मिष्ठभाषी स्वभावका नेता खातीले शिक्षण पेषाबाट निबृत लिइ सके पछि समाज सेवा गर्दै बाजुरेली जनताको आसा र रोसाको बिश्वासको पत्र बनेका छन । नेता खाती पछिल्लो समयमा जन प्रेमी बन्दै गएकाले उनले प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा नेतृत्व निर्वाचन प्रकृयाबाट जाने भएकोले ७५% ले विजयी हुने सम्भावना रहेको छ । उता नेता रोकायाले भने तुच्छ बोलीले नेता तथा कार्यकर्तालाई मिष्ठता र ब्यबाहारिकतामा कमी ल्याउने प्रबृतिले उनले २०७४ सालको संघिय निर्वाचनमा गौमुल गाँउपालिकामा अध्यक्ष पदमा भारी मतले हारेका थिए । प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापति पदमा पनि उनी भारी मतले पराजय भोग्ने सम्भावना रहेको छ ।











