युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
106 पटक पढिएको

राम बहादुर दानी÷बाजुरा–  नेपाली काँग्रेसको १४ औँ महाधिबेशन र सातौँ जिल्ला अधिबेशन ७७ वटै जिल्लाहरुमा एकै साथ वडा र पालिका स्तरको सम्पनन भै सकेको छ । देशका ७७ वटै जिल्लाका निर्वाचन क्षेत्र प्रदेशहरुको अधिबेशन पनि कतै सम्पन्न भैसकेको छ भने कतै निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हने क्रम जारी छ । यसै क्रममा बाजुरा जिल्लाका ६९ वटा वडाहरुमा पनि सहमतिको आधारमा वडा अधिबेशन सम्पन्न भैसकेको छ भने जिल्लाका ९ वटा स्थानिय तहमा पनि अधिबेशन सम्पन्न भैसकेको छ ।जस मध्ये त्रिवेणी नगरपालिकामा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको हो । जिल्लाका अन्य ८ वटा स्थानिय तहमा भने सहमति र सहकार्यका आधारमा नेतृत्व चयन प्रकृया सम्पन्न भै सकेको छ ।

असोज १३ गतेबाट सूरु भएको बाजुरा जिल्लाका दुई वटा निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश (क) र प्रदेश (ख) मा पनि अधिबेशन हुदै छ । निर्वाचन क्षेत्र (क) मा सभापतिका उम्मेद्वार नेपाली काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष नारायण पाध्याय र वुढीनन्दा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर बोहरा बिच सहमतिका आधारमा राम बहादुर बोहरा सभापतिमा चयन भै सकेका छन । प्रदेश (ख) मा भने बुधबार देखी सहमति गराउन खोज्दा पनि सभापतिका प्रतिस्पर्धी देउवा निकटबाट रंग खाती र पौडेल निकटबाट देब बहादुर रोकाया बिच सहमति हुन नसक्दा असोज १४ गते निर्वाचन भै सकेको छ । प्रदेश (ख) को निर्वाचन पश्चात पतगणनाको क्रम जारी रहेको छ । प्रदेश (क) र (ख) को अधिबेशन पश्चात जिल्ला अधिबेशन सुरु हुने काँग्रेस स्रोतले जनाएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको सभापतिमा ६ जनाको कडा उम्मेद्वारी रहेको छ । अनौपचारिक रुपमा धेरैले उम्मेद्वारी दिने घोषणा गरेता पनि अन्तिम समय सम्म भने ६ जना प्रतिस्पर्धीको चर्चा बाहिरिएको छ । जसमा देउवा पक्षबाट निवर्तमान सभापति कविराज पण्डित, धनराज पण्डित, महा नेपाली, पदम शाही र युवा ननेता चक्र शाहको उम्मेद्वारी रहेको छ भने पौडेल पक्षबाट नेपाली काँग्रेसका बरिष्ठ नेता रामसिंह रावलको उम्मेद्वारी रहेको छ ।

यता देउवा पक्षबाट निवर्तमान सभापति कविराज पण्डित, धनराज पण्डित, पदम शाही र महा नेपाली बिच सहमतिका आधारमा एक जना उम्मेद्वार लडाउने सम्भावना छ भने पौडेल पक्षबाट रामसिंह रावलको मात्र एक्लो उम्मेद्वारी रहेको छ । उता देउवा पक्षबाट नै उम्मेद्वारी दिएका युवा नेता चक्र शाहले भने दुबै पक्षलाई एकचोटी जिल्ला कार्य समिति सभापतिमा आफुलाई सहमति र सहयोग गर्न अपिल गरेका छन् । वद्लिदो आर्थिक क्रान्तिका अनुयायी र युवाको ढुकढुकीको रुपमा आफ्नो बेग्लै राजनितिक पृेष्ठमुभी बनाई सकेका नेता शाहले नपक्ष न विपक्ष सबै जिल्ला प्रतिनिधीले आफुलाई मतदान गर्न अपिल गरेका छन । बिगत लामो समय देखि बाजुरा काँग्रेसको राजनितिमा आबद्ध नेता शाह बिद्यार्थी उमेरबाटै राजनितिमा हुमियका थिए । नेता शाहलाई पछिल्लो समयमा बाजुरा लिल्लाको सन्दर्भमा युवा पुस्ताका ढुकढुकिका रुपमा पनि लिइन्छ । शाह बिगत दशौ बर्ष एता राजनितिको क्षत्रबाट युवाहरुको पक्षमा वकालत समेत गर्दै आइरहेका छन । अतेन्तै मिलनसार जुझारु, कर्मठ र सक्षम यृवा नेतृत्वका रुपमा पनि नेता शाहलाई लिइन्छ । यसिद बाजुराले नेता शाह जस्तो नेतृत्व पााउने हो भने सम्वृद्ध बाजुरा सुखि बाजुरेली बासि बनाउन सक्छन भन्ने युवाहरुको जनभावना रहेको छ । साच्चिकै नेता शाहले नेतृत्मा आउने हो भने युवाहरुका जनभावनालाई कदर गर्न सक्छन । युवा स्वरोजकारका कुरामा शाहको पक्कै धयान जान्छ ।बिगतका दिनहरु जस्तै युवाहरु फेरी पनि बिदेशिनु पर्दैैन भन्ने युवाहरुको आपेक्षा रहेको छ । तर युवाहरुको जनभावनालाई साच्चिकै कदर गर्छन अथवा गर्दनन् यो कुरा एकिन भन्न सकिन्न एता नेता शाहले युवाहरुको जनभावनालाई कदर गर्ने अथवा नगर्ने कुरामा कुनै दुईमत नभएको बताएका छन ।

युवाहरुका लागि मात्र नभएर पार्टी बलियो बनाउन र बाजुरा जिल्लाको बिकासमा पनि आफ्नोठुलो योगदान रहेको नेता शाहको दावी रहेको छ । हिजो पनि युवाहरुका लागि, पार्टीका लागि, र बाजुराका लागि जति संघर्ष गर्थे त्यो भन्दा बढी फेरि पनि गर्ने नेता शाहको भनाई रहेको छ । युवाहरुको मनोकांक्षा प िन युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने रहेको हुदा आफु नेतृतवअमा आएको नेता शाहले बताए । युवाहरुका मागहरुलाई सम्वोधन गर्नका लागि मात्र नभएर समग्र बाजुरा जिल्लाको बिकास र परिवर्तनका लागि युवा पुस्ता नेतृत्वमा आउन जरुरी रहेको नेता शाहको भनाई छ । पार्टीको हित र बाजुरा जिल्लाको बिकासका लागि मात्र भएपनि एक पटक युवा पुरुतालाई नेतृत्व हस्तान्तरण गर्न कांगे्रस निकट अग्रज नेता गणहरुलाई नेता शाहले आग्रह गरेका छन ।

आफ्नो उम्मेदवारी जिल्ला सभापतिमा रहेकोले युवा आफुलाई अमुल्य मत दिएर जिाउन पनि शाहले अपिल गरेका छन । नेपाली कांगे्रस बाजुराले सहमतिका आधारमा अधिवेशन संम्पन्न गर्ने अठोट सुरु देखि राख्दै आएको भएता पनि सहमतिका आधारमा अधिवेशन संम्पन्न हुने संम्भावना न्यन देखिन्छ । अहिलेसम्म ६ जना उम्मेदवारहरु ख्लिसकेका छन । अव उम्मेदवारी अरु कसैले दिदैनन् भन्न सकिने अवस्था भने छैन । सहमति हुने सम्भावना कम देखिएकाले अन्तिममा अव निवार्चन नै हुन्छ होला भन्ने चौतर्फि हल्ला सुनिन थालेको छ । सहमति हुदैहुदैन भनेर भन्न सकिने अवस्था त छैन । यदि निवार्चन नै हने हो भने पोडेल पक्षका रामसिंह रावल र देउवा पक्षबाट कुनै न कुनै एक जना बिच कडा प्रतिसपर्धा हुने सम्भावना देखिएको छ । देउवा पक्षबाट को भिड्ने भन्ने पनि अहिले नै एकिन भन्न सकिन्न । यसको नतिजा आउज वाँकि नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!