नेपाली काँग्रेस बाजुराको निर्वाचन क्षेत्र प्रदेश (ख) को बिहिबार भएको मतदान पश्चात मत गणना पनि बिहिबार राती नै सुरु गरिएको थियो । शुक्रबार बिहान सम्म १७५ मत गणना हुदा सुभापतिका उम्मेद्वार देब बहादुर रोकाया भन्दा ३१ मत ले रंग खाती अगाडी थिए ।
जसमा शुक्रबार ११ बजे को दोस्रो परिणम अनुसार देउवा पक्षका उम्मेद्वार रंग खाती ९१ मतले अगाडी छन भने उनका प्रतिद्वन्दी पौडेल पक्षका देव बहादुर रोकाया ९१ मतले पछाडी रहेका छन । ११ बजे सम्मको कुल ७२५ मत मध्ये ४४२ मतको गणना गर्दा आएको परिणम हो ।
प्रदेश (ख) को सभापतिका उम्मेद्वार रंग खातीलाई २९२ मत प्राप्त भएको छ भने उनका प्रतिस्पर्धी देव रोकायाको पक्षमा १९१ मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार अबको २ घण्टा भित्रै पुरै मत परिणम आउने भएको छ । सहमतिमा नजाँदा सभापतिका उम्मेद्वार देव रोकायाले हार वेहोर्नु पर्ने सम्भावना अहिलेको मत परिणमले देखाएको छ ।