
बाजुरा– बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना ३० जनामा थप कोरोना पुष्टि भएको छ । मंगलबार थपिएका संक्रमितको सख्या ९७ पुगेको छ ।
मंगलबार सम्मको परिक्षणमा ९१ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा थप ३० जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बाजुरामा पनि संक्रमितको सँख्या उच्च दरमा बढ्दै गएकोले अवस्था थप भया भय हुन सक्ने बताएका छन् ।
यसरी पछिल्लो समयमा संक्रमित हुनेहरुमा बडिमालिका नगरपालिकामा १५ जना बुढीनन्दा नगरपालिकाका पाँच जना, हिमाली गाउँपालिकाका ६ जना र त्रिवेणी नगरपालिका दुई जना र गौमुल गाउँपालिकामा थप दुई जना गरी जम्मा ३० जनामा कोरोना पुष्टि भएको निमित्त कार्यालय प्रमुख चन्दले बताए ।
कोरना संक्रमित भएका मध्ये ७४ जना होम आइसोलेशनमा रहेका छन भने २३ जना जिल्ला अस्पतालको आइसोलेशनमा राखिएका छन् । यसरी दिन प्रतिदिनको संक्रमण दरले भयाभय अवस्था ल्याँउन सक्ने भनी जिल्ला प्रशासन कार्यालय बाजुराले २० गते विपत ब्यबस्थापन समितिको बैठकबाट गरेको निर्णय अनुसार बैसाख २२ गते देखि बैसाख ३१ गते सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । पहाडी जिल्लामा २०० जना सक्रिय संक्रमित देखिने बित्तिकै लकडाँउन गर्नु सकिने विपत ब्यबस्थापनले जनाएको छ ।