मिन बहादुर खड्का / बाजुरा–जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा न ६ स्थायी घर भएका लामो समय देखि नेपाली कांगे्रसकोे मा क्रियासिल नेता बिरु नाथले अपाङ्ग कल्याणको आरक्षण कोटाबाट जिल्ला काय समितिको सदस्यमा उम्मेदवारी घोषणा गरेका छ्न ।
बिगत लामो समय देखी नेपाली कांगे्रसकोे राजनीतिमा क्रियासिल रहेर अपांगहरुको हक हित र समुदायको बिकासका लागि काम गर्दै आएका नेता नाथ एतिवेला जिल्ला कार्य समितिको सदस्यमा रहेर अपाङ्गहरुकै हक हित र समुदायको बिकासका लागि काम गर्न आफ्नो संकल्प रहेकोले जिल्ला अपाङ्ग कल्याणको आरक्षण कोटाबाट जिल्ला कार्य समितिको सद्स्यमा उम्मेदवारी दिएको बताएका छन । नेता नाथले जिल्ला अपाङ्ग कल्याणको आरक्षण कोटाबाट जिल्ला कार्य समितिको सद्स्यमा उम्मेदवारी रहेकोले सबैलाई सहयोग गर्न अपिल गरेका छन ।
नेता २०७१ सालमा बाजुरा जिल्लाको अपांग कल्याण सेवा संघमा आटिचौर गाबिसको हरुको हक हितका लागि काम गर्दै आएका नेता नाथले २०७४ मा स्थानीय सरकार लागु भएपछी एक एक बर्ष सम्म अपांग कल्याण संजाल समितिको अध्यक्षमा रहि काम गरेका थिए । भने २०७५ मा गाउँपालिका स्तरीय अपांग संजालमा अध्यक्ष रहि काम गरेका हुन । गाउँपालिकाको अपांग अध्यक्ष रहदा गाउँपालिका अपांगहरुका लागि २०७७ १० महिना सिबिर संचालन गराई गाउँपालिका भित्रका १६७ जना अपांगलाई परिचय पत्र दिलाएका थिए ।











