मिन बहादुर खड्का/बाजुरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बलियो काँग्रेस र सम्वृर्द्ध बाजुरा बनाउनु पहिलो उदेश्य रहेको बताएका छन । नेता पाण्डेले उक्त अभिव्यक्ति जिल्ला कार्य समितिको ७ औँ जिल्ला अधिवेशनको उदघाटन समारोह कार्यक्रममा बोल्दै गर्दा दिएका थिए ।
कार्यक्रममा बोल्दै नेता पाण्डेले पार्टीलाई बलियो र शसक्त बनाउनका लागि एकताबद्ध भएर जानुपर्नेमा जोड दिएका छन । नेता पाण्डे बाजुरेली जनताका एक आषा अनि भरा्षका केन्द्र बिन्दु हुन । बिगत लामो समय देखि बिद्यार्थी उमेरबाट नेपाली कांगे्रसबाट राजनिति यात्रा सुवारम्भ गरेका नेता पाण्डे बाजुरा जिल्लाको बिकास र बाजुरेली जनताको निरन्तर सेवामा समर्पित एक कुशल कर्मठ इमान्दार, सक्षम र बाजुराको बिकास,बाजुरेली जनताको हक हितका लागी वकालत गर्दै आएका छन ।
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य पाण्डेले जिल्ला कार्य समिति र केन्द्रीय प्रतिनिधी स्वतस्फुर्त रुपमा नेतृत्व चयन हुन सक्ने अवस्था भएमा सर्वसम्मत नेतृत्व चयन गर्ने यदि सकियन भने कुनै मनमोताव नगरिकनै चुनावी प्रक्रियामा जाने बताएका छन । पार्टीको आन्तरिक प्रतिसपर्धा हुने भएकाले कसैमा मनमुटाव हुदैन । पार्टीको नेतृत्वको सभापतिमा आकांक्षी बढ्नु स्वभाविक हो ।
विधी र पद्धतीबाट एक जना सक्षम बाजुराको मुहार फेर्न सकने, पार्टीलाई बलियो बनाउने, जनताको सेवामा समर्पित नेतृत्व चुनेर एकताबद्ध भएर अगाडी बढ्नुपर्छ । एउटै पार्टी भित्र कोहि हार्दैन र कोहि जित्दैन पार्टी भित्रको आन्तरिक प्रतिसप्रर्धाले पार्टीको नै जित गर्छ हामि व्यक्तिले हारेपनी पार्टीको जित हुनुपर्छ नेता पाण्डेले भने । नेता पाण्डेले नेपाली काँग्रेसका बाजुराका कार्यकर्ताहरु अनुशासति भएकोमा गौरव गदै नेपाली काँग्रेस र नेपाल कमयुनिष्ट पार्टी भित्र बिच उहि अन्तर भएको बताए ।यो जिल्ला अधिवेशनमा पार्टीमा विजयी र पराजित जो भएपनि अन्तमा सवै काँग्रेस भइ एक ठाउँमा उभिएर अगाडी बढ्ने कुरामा नेता कार्यकताहरुलाई ढुक्क रहन आग्रह समेत गरेका थिए ।
नेता पाण्डेले समाजबाद खोज्न टाढा जानु नपर्ने पनि बताएका छन । उनले जसले समाजवादकाे बिषायलाई लिएर जति तर्क बितर्क गरेपनि हामिले बाजुराको बिकास, बाजुरेली जनताका शान्ति र समृद्धी नै समाजबाद हो । काँग्रेसको समाजवाद यही हुनेछ किसानहरुको भलाई गर्न सक्नेछौ, जिल्लाको विकास सुदृढ र योजना भित्र्याउन सक्नु सक्नेछौ काँग्रेसको समाजवाद यही हुनेछ जव हामिले बाजुरेली बासिलाई गुणस्तरिय शिक्षा, आफ्नै ठाँमा औसधि मुलो गर्न अस्पताल दैनिक प्रयोजनका लागि आवश्यक खानेपानी, आवश्कता परेमा यातायात र ,संचार का समस्याहरुबाट सुसम्पन्न बनाउन सक्नेछौ ।