
छक्क मल्ल– बिश्वब्यापी .रुपमा बढ्दै गएको कोरोनाको महामारीको बेला बजारमा खाद्य बस्तुको कालोबजारी हुन सक्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय बाजुराले बजार अनुगमन गरेको छ । बजारमा म्याद सकिएका खाद्य बस्तु बिक्रि वितरण हुन सक्ने र सर्ब साधारणहरुमा थप स्वास्थ्य समस्या पर्न सक्ने भन्दै मंगलबार बडीमालिका र गौमुल गाँउपालिकका स्थानिय बजारहरुको अनुगमन गरिएको छ । अनुगमनमा ब्यापारीहरुले म्याद गुर्जेका खाद्य बस्तुहरु बिक्रि वितरणका लागी राखेको पाइएकोले अनुगमन टोलीले सो म्याद गुजे्रका खाद्य बस्तुहरु नष्ट गरेको छ ।
