राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको कुम्भ मेलाको रौनक सदरमुकाम मार्तडीमा निकै चलिरहेको छ । यसै क्रममा बिभिन्न पदका लागी उम्मेद्वारी दिनेको पनि उस्तै चटारो छ ।
बाजुरा जिल्लाको काँग्रेस राजनितिम लामो समय सम्म बिभिन्न पदमा रही जिम्मेवारी बहन गरि सकेकी नेतृ दिपा बोहराले पनि औपचरिक रुपमा आफ्नो उम्मेद्वारी महाधिबेशन प्रतिनिधीका लागि घोषणा गरि सकेकी छन । बिभिन्न कार्यकालमा जिल्ला कार्य समिति सदस्य देखि बिभिन्न भात्रृ संघमा आवद्व रही पाटीको जिम्मेवारी बहन गरि सकेकी नेतृ बोहराले आफुलाई मतदान गर्न जिल्ला प्रतिनिधीहरुलाई आग्रह गरेकी छन ।
बाजुरा जिल्लाको गौमुल गाँउपालिकाबाट आफ्नो राजनितिक यात्रा तय गरेकी नेतृ बोहराले जिल्लाको बिकट क्षेत्रमा बिगत दश वर्षिय माओवादी बिद्रोहको समयमा आफ्नो ज्यानको प्रवाह नगरी बाजुरेली जनताको पक्षमा वकालत गर्दै आएकी थिईन । उनले नेपाली कााग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा आफुलाई महाधिबेशनमा अत्याधिक बहुमतले विजयी गराउन सम्पुर्ण जिल्ला प्रतिनिधीहरुलाई अपिल गरेकी छन ।