मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस बाजुराका प्रतिभासाली नेता बिगत लामो समय देखि नेपाली कांग्रेसको नेतृत्व गरेर बिभिन्न समयमा लामो त्याग तपस्या गर्दै बिभिन्न आन्दोलनहरुमा सक्रिय सहभागिता जनाई जेल नेल समेत भोगिसकेका बरिष्ठ नेता रामसिंह रावलले जिल्ला कार्य समितिको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । बरिष्ठ नेता रावलले सोमवार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।
पत्रकार सम्मेलनमा बाेल्दै नेता रावलले पार्टीको विधि विधानमा रहि पार्टीलाई सशक्त बलियो बनाउनका लागि आफुले सभापतिको उम्मेदवारी घोषणा गरेको बताए । यो पार्टी त्यो पार्टी नभनि सबैलाई एकताबद्ध तरिकाले मिलाएर लैजाने र बलियो कांग्रेस बनाउने सवैलाई अटाउने सवैलाई जोड्ने बनाउने बाहेकको अर्को संकल्प रहेको उनकाे भनाई रहेको छ ।
नेता रावल बाजुराका प्रतिभासाली, सक्षम, कुशल इमान्दार र त्यागि नेताका नामले परिचित छन । सभापतिमा उम्मेदवारी घाेषणा गरेका नेता रावल पौडेल पक्षका बलियो नेता भनेर पनि चिनिन्छन । यतिवेला नेता रावलको पक्षमा केन्द्रीय सदस्य ब्रदी पाण्डे, महा समिति सदस्य जनकराज गिरी,पार्टीका उपसभापति गोविन्द बहादुर मल्ल, कोषाध्यक्ष नारायण पाध्याय, महासमिति सदस्य जुना दानी र पुर्व पार्टी सभापति मान बहादुर रावल लगायतका नेताहरु एकै ठाँउमा देखिन्छन ।सिटाैला पक्ष र पौडेल पक्षधर नेताहरु एक ठाउँमा उभिएका छन । यो एकताले सभापतिका उम्मेदवार रावल बलिया उम्मेदवार ठहरिएका छन । पार्टीकाे १३ औँ माहाधिवेशनमा उनका प्रतिस्पर्धी पण्डितसंग पराजय भोगेता पनि यतिवेलाको मावलले रावलले जित हात पार्न सक्ने सम्भावना देखिन्छ । तर यता देउवा पक्षमा भने एउटै पक्षबाट दुईवटा उम्मेदवार हुदा देउवा पक्षकै केहि नेताहरूले देउवा देउवा पश्क्षालाइ नै कमजाेर बनाउन सक्ने खेल देउवा पक्षमा चलिरहेकाे छ ।
नेता रावलको उम्मेदवारी घोषणा कार्यक्रममा केन्द्रीय सदस्य ब्रदी पाण्डे, महा समिति सदस्य जनकराज गिरी,पार्टीका उपसभापति गोविन्द बहादुर मल्ल,कोषाध्यक्ष नारायण पाध्याय,महासमिति सदस्य जुना दानी लगाएत सो प्यानल को सम्पुर्ण नेता तथा कार्यक्रताको उपस्थिति रहको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित नेताहरुले पार्टीको हित र बाजुराको बिकास र बाजुरेली बासिको सेवामा समर्पित आफ्नो राजनिति जिवनमा जनताकै हितका लागि जेल नेल मात्र नभई बिभिन्न समयमा कस्टकर जीवन बिताउदै आइरहेका नेता रावलको पनि बाजुरा कांग्रेसले मुल्याङ्का गनुपर्नेमा जोड दिएका छन । नेताहरुले व्यक्ति गुट उपगुट भन्दा पनि बाजुरामा कांग्रेस बलियो बनाउन सक्ने, बाजुराको बिकासमा टेवा पुर्याउन सक्ने, बाजुरेली जनताका पिर मर्काहरुलाई सम्वोधन गर्न सक्ने, बाजुराको बिकासका लागी आवाज उठाउन सक्ने, जनताप्रमि भावना भएका नेता रामसिंह रावललाई अत्याधिक बहुमतले बिजय गराउन कांग्रेस निकट नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन ।
यितवेला सभापति काे बन्छ भनेर एकिन गर्न सकिकने अवस्था भने छैन । कडा प्रितसप्ररधा कडा हुने देखिन्छ ।
यि हुन नेता रावल यसकारण दिएका हुन उम्मेदवारी पदेन नभुल्नुहाेलमा