
मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको सभापतिमा ३ जना उम्मेदवारहरु भिड्ने भएका छन । नेपाली कांगे्रस जिल्ला कार्य समिति बाजुराले सहमति का आधारमा सभ्य तथा भव्य तरकिाले संम्पन्न गर्ने भनेर लिएको अठोट बिफल बनने सम्भावना देखिएको छ । कांग्रेस बाजुराको सुरु देखि नै सकेसम्म सहमतिको अधिवेशन सम्पन्न गर्ने दावी गर्दै आइरहेको थियो ।
बाजुरामा गुट उपगुट केहि छैन भन्ने कांग्रेस बाजुरा यतिवेला दुई ठाँउमा छुट्टाछुट्टै उभिएको छ । सिटौला पक्ष र पौडेल पक्षधर नेताहरु एक ठाँउमा देखिन्छन भने देउवा पक्ष अर्काे ठाँउमा उभिएको छ । सभापतिका लागि पौडेल सिटौला पक्षबाट बरिष्ठ नेता रामसिंह रावल छन भने रावलका प्रतिसप्रर्धी देउवा पक्षबाट कविराज पण्डित रहेका छन । अर्का प्रतिसप्रर्धी देउवा पक्षकै भनेर चिनिने युवा नेता चक्र बहादुर शाह बिच अर्को ठाँउमा अनतमा सहमति नभएमा रावल, पण्डित र शाह बिच कडा प्रतिसप्रर्धा हुने भएको छ ।
सिटौला र पौडेल पक्षका साझा उम्मेदवार रामसिंह रावलको पक्षमा केन्द्रीय सदस्य ब्रदी पाण्डे, महा समिति सदस्य जनकराज गिरी,पार्टीका उपसभापति गोविन्द बहादुर मल्ल,कोषाध्यक्ष नारायण पाध्याय,महासमिति सदस्य जुना दानी, पुर्व पार्टी सभापति मान बहादुर रावल लगायतका नेताहरु देखिन्छन ।सितौला पक्ष र पौडेल पक्षधर नेताहरु एक ठाउँमा उभिएका छन
नेता कविराज पण्डितको पक्ष्मा पुर्व सम्बिधा सभा सदस्य देवराज जोशी, सम्बिधान सभा सदस्य, माहा नेपाली, माहासमिति सदस्य, पदम शाही लगायतका नेताहरु रहेका छन भने । युवा नेता चक्र बहादुर शाहको पक्षमा भने कांगे्रस बाजुराका सिर्ष नेताहरु कोहि देखिएका छैनन् तर नेता शाहले आफु युवाहरुको उम्मेदवार भएकोले कांगे्रस निकट युवाहरु आफ्नो साथमा रहेको दावी गर्दै आइरहेका छन ।
सुक्रवारबाट सुरु भएको जिल्ला अधिवेशन सकेसम्म सर्वसम्मत चयन गर्ने भनियता पनि अहिले सम्म सहमति हुन सकेको छैन । उम्मेदवारी घोषण गर्ने क्रममा नेताहरुले सहमतिको अभ्यास भने जारी रहेको बताएका छन । सहमति हुन सक्ने सम्भावना कम देखिन्छ । नेताहरु एक अर्कालाई सहमति गर्ने पक्षमा कोहि छैनन् । अन्तमा चुनावी प्रक्रियामा जान सक्ने सम्भावना बढी देखिएको छ । सोमवार बेलुका सम्म सहमति हुन नसकेमा निर्वाचन टोकिने जिल्ला कार्य समिति बाजुराले जनाएको छ ।











