मिन बहादुर खड्का/बाजुरा–पछील्लो समयमा नेपाली कांग्रेस बाजुराका हुनार प्रतिभाशाली इमान्दार कुशल, निडर, निस्ठान र जुझारु युवा नेताका नामले परिचित प्रकाश रावलले आफु देउवा पक्षबाट जिल्ला कार्य समितिको सहसचिवमा बलियो उम्मेदवार रहेको दावी गरेका छन ।
जिल्ला कार्य समितिको सहसचिवमा आफु बलियो उम्मेदवार हु भनेर दावी गर्दै आइरहेका नेता रावल २०७२ समलमा भएको स्थानिय निर्वाचनमा नेपाली कांगे्रसको नेतृत्व गरेर वडा अध्यक्षमा भारी मत ल्यायर विजयी भएका थिए । नेता रावल बाजुरा जिल्लाको मात्र नभई देशकै कान्छो वडा अध्यक्ष हुन । बिद्यार्थी उमेर देखि नै नेपाली कांग्रेस बाट राजनिति यात्रा सुरु गरेका रावल २१ बर्षको कलिलै उमेरमा वडा अध्यक्ष बनेका थिए । देशकै कान्छो वडा अध्यक्ष भनेर चिनिने रावल बाजुरेली युवाहरुका ढुकढुकी रुपमा चिनिन्छन । युवाहरु रावल भने पछी भुतुक्कै हुन्छन जँहा प्रकाश रावल छ त्यहा युवाहरु साथमा छन भनेर भन्ने गरिन्छ । नेता रावल उमेरले कांगे्रस निकट नेताहरु मध्यकै कान्छो भएता पनि बौद्धिक क्षमता भएका भविष्यका नेपाली कांग्रेसका आषा अनि भराषाका केन्द्र बिन्दुका रुपमा पनि लिइन्छ ।
आफ्नो कार्यकालमा युवाहरुका सवालहरुलाई उठान र यवाहरुका मागहरुलाई सम्वोधन गर्दै आइरहेका रावलले युवाहरुको हितका लागी मात्र नभएर वडाको बिकासमा ठुलो टेवा पुर्याउदै आएका छन ।नेता रावलको पक्षमा,कांग्रेस बाजुराका सिर्ष नेताहरु कविराज पण्डित, पुर्व सम्बिधा सभा सदस्य देवराज जोशी, सम्बिधान सभा सदस्य, माहा नेपाली, माहासमिति सदस्य, पदम शाही, पार्टी सचिव रनसिंह अएडी, संगठन बिभाग प्रमुख धनराज पण्डित, लगायतका देउवा पक्षधर नेताहरु रहेका छन भने । कांगे्रस बाजुरालाई बलियो बनाउन र बाजुराको बिकासमा टेवा पुर्याउने नेताहरु रावलको पक्षमा रहेको र धेरैजसो युवाहरु पनि रावलकै साथमा रहेको कारण रावलले आफु बलियो उम्मेदवार रहेको दावी गर्दै आइरहेका हुन ।
आफु युवाहरुको उम्मेदवार भएकोले युवाहरु आफ्नो साथमा रहेको र युवाहरुले सहयोग गर्छन भन्ने बिश्वासका साथ उम्मेदवारी दिएको उनले बताए ।
बाजुराले युवा नेता खोजिरहेको छ । बाजुराको बिकास र कांगे्रस बलियो बनाउनका लागी युवाहरु नेतृत्वमा आउनुपर्ने हुन्छ रावलले भने । बाजुरामा कांगे्रस बलियो बनाउन सक्ने, बाजुराको बिकासमा टेवा पुर्याउन सक्ने, बाजुरेली जनताका पिर मर्काहरुलाई सम्वोधन गर्न सक्ने, बाजुराको बिकासका लागी आवाज उठाउन सक्ने, प्रतिसप्रर्धी संग प्रतिसपर्धा गर्न सक्ने, आफुमा पनि क्षमता रहेको रावलको भनाई छ ।
यतिवेला जिल्ला सडरमुकाममा नेता रावलको पक्षमा कडा प्रचार प्रसार भइरहेका छ । प्रकाश रावल जिन्दावाद, भोट कसलाई प्रकाशलाई जस्ता नाराका साथ रावलको पक्षमा तमाम युवाहरु प्रचार प्रसारम जुटेका छन ।