
देवकी खत्री– जिल्ला प्रशसन कार्यालय बाजुराले बैसाख २२ गतेबाट लागु हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरे संगै बडीमालिका नगरपालिकाले पनि कार्यालयबाट दिइने सेवाहरु आलोपालो गरी दिने निर्णय गरेको छ । महामारीको भयाभह रुप लिइ रहेको कोभिड–१९ (कोरोना भाईरस) ले ठुलो रुप लिएर गएको हुदा निषेधाज्ञाको समयमा सर्वसाधारणलाई सजग र सचेत भएर बस्न अनुरोध गर्दै एक सुचना जारी गरेको छ । सदरमुकाम मार्तडीमा दिन प्रतिदिन संक्रमण दर बढ्दै गएकोले थप जोखिम हुँन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउनु पर्ने बताएको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिष्कन र स्वास्थ्य मापदण्डको प्रयोग गर्न पनि सुचनामा भनिएको छ ।
बडीमालिका नगरपालिकाले मंगलबार जारी गरेको सुचना यस्तो रहेको छ ।