बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको मंगलबार भएको निर्वाचनमा कुल १२०७ मत मध्ये ४ बजेर १५ मिनेटकाे समय सम्म ६०० मत खसेको जानकारी आएको छ ।
नेपाली काँग्रेस बाजुराको सभापतिमा ३ जनाको प्रतिस्पर्धा हुदै छ भने अन्य पदाधिकारी हरु पनि चुनावी मैदानमा भिडिरहेका छन । जिल्ला कार्य समितिको पदाधिकारी चयनमा सहमति हुन नसके पछि मंगलबार बिहान देखि नै मतदानको चहलपहल चलि रहेको छ ।
्र
देउवा पक्षबाट दुइ जना सभापतिका उम्मेद्वारी छन भने सिटौला र पौडेल पक्षबाट १ जनाको उम्मेद्वारी रहेको छ । देउवा पक्षबाट कविराज पण्डितको बेग्लै उम्मेद्वारी छ भने देउवा पक्षकै अर्का उममेद्वार चक्र शाह पनि कुनै पनि गुटमा नरहेर चुनावी मैदानमा उत्रिएका छन । त्यस्तै पौडेल र सिटौला पक्षबाट एकलो उम्मेद्वारी भने रामसिंह रावलको रहेको छ ।