युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
881 पटक पढिएको

राम बहादुर दानी/ध्रुवराज रेग्मी/बाजुरा– नेपाली काँग्रेस बाजुराको मतदात सम्पन्न पश्चात मतदान स्थलमै प्रहरीले बिरेन्द्र गीरीलाई निर्घात कुटपिट गरेका छन । मतदान सकिए पश्चात नेता गीरी र प्रहरी विच भनाभन भए पछि प्रहरीले लाडी चार्ज गरेको थियो । सामन्य रुपमा केही भनाभन भए पछि नेता गीलीराई प्रहरीले लाठी चार्ज गरेको हो । नेता गीरीलाई प्रहरीले कुटपिट गरेको देखे पश्चात युवाहरुले नारावाजी लगाएका थिए । आक्रोेशित युवाहरुले जिल्ला समन्वय समिति मतदान स्थल परिसरमा नारावाजी लगएर प्रहरी बिरुद्व ओइरिएका थिए । युवाहरुको जमातले नारा वाजी गर्दै ढुङ्गा मुढा प्रहार गरे पछि अवस्था थप भयाभह भएको हो ।

नेता गीरीलाई टाउकोमा हानेर रक्ताम्य बनाए पछि प्रहरीले जिल्ला समन्वयको गेटबाट बाहिर ल्याएका थिए । विरेन्द्र गिरी समर्थन युवाहरुले नारावजी लगाए पछि नेता गीरीले प्रहरीलाई थप आक्रोसमा बोले पछि पुनः प्रहरीले समन्वयको गेट भित्र लिएर निघातरुपमा टाउकोमा लाठी प्रहार गरी अशक्त रुपमा घाइते बनाएका हुन ।यसरी निर्घात रुपमा प्रहरीले कुटे पछि रक्ताम्य भएका गीरीको शरिरमा रगत बगीरहेको देखे पछि युवाहरुले प्रहरी माथी जाई लागेर कडा रुपमा ढुुङ्गा प्रहार गरे पछि तनाव थप बढेको हो । करिव ३ घन्टा सम्म बोतल, ढुँङ्गा र मुडा प्रहार भए पछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास समेत हानेको थियो ।

केही समय पश्चात तनाव भयाभह भए पछि जिल्लामा मतदान गर्न आएका जिल्ला प्रतिनिधीहरु खाना खाएर आफ्नो गन्तब्य स्थानमा जाने क्रममा जो कोहीलाई बाटोमा प्रहरीले लाठी चार्ज गरेर घाइते बनाएका छन । गिरीको पक्षमा युवाहरुले प्रहरीलाई लक्षित गरी ढुङ्गा प्रहार गरे पछि प्रहरीले रोडमा हिड्ने सर्वसाधारणहरुलाई पनि निर्घात कुटपिट गरेका थिए । यसरी तनाव बढ्दै गए पछि मंगलबार राती देखि बुधबार बिहान सम्म प्रहरीले बजारमा आवतजावत गर्नमा रोक लगाएको छ ।
प्रहरीको लाठी चार्जबाट २ दर्जन बढी युवाहरु घाइते भएका छन । घाइते सबैको जिल्ला अस्पताल बाजुरामा उपचार भैरहेको छ । केही घाइतेहरुलाई सामान्य उपचार पश्चात घर पठाइएको छ भने अशक्त घाइतेहरुको उपचार भैरहेको छ ।

मंगलबार बेलुकी ६ बजे मतदान सकिए पश्चात राती ११ बजे देखी मतगणना सुरु हुने भनिएता पनि निर्वाचन समितिको बैठक बस्ने सल्लाह हुदै गर्दा बिवाद चुलिएको थियो । रातीबाटै मत गणना हुने भनिएता पनि यस्तो अवस्था भयाभह भए पछि कहिले गर्ने भन्ने कुरामा अन्योल भैरहेको छ ।यसरी गाँउवाट आएका सर्बसाधारणलाई समेत प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरे पछि सबैले जिल्ला सदरमुकाम मार्तडीमा प्रहरी दमनको विरुद्व नारावाजी गरि रहेका छन । मतदान सकिए पश्चात भएको झडपले बाजुरामा के हुन्छ भन्ने कुरामा सबैलाई चिन्ता बढी रहेको छ ।


असोज १७ गते देखि सूरु भएको चुनावी माहोल तात्दै जाँदा असोज १८ गते मात्र मतदान भएको थियो । रातीको समय भएर अबस्था केही शान्त भए पछि समस्या झन चुलिदै जाने सम्भावना देखिएको छ । नेपाली काँग्रेस बाजुराका शिर्ष नेताहरुको भने यो बिषयमा केही सल्लाह र बैठक बस्न सकेको छैन । यो बिषयमा प्रमुख जिल्ला अधिकारीलाई सोध्दा अहिले राती भएकोले अबस्था नियन्त्रणमा आई सकेको तर भोली मात्र यसको बिषयमा छलफल हुने बताएका छन । सदरमुकाम मार्तडीमा यतिखेर सर्ब साधारणहरु भने चिन्तामा परेका छन । आक्रोसमा आएका युवाहरुले जिल्ला समन्वय समितिको फलामे गेट समेत तोडफोड गरेका छन ।

एक छिन बाहिर युवाहरुको जत्थाले निकै नारावाजी सहित ढुङ्गा मुढा प्रहार गरे पछि प्रहरीहरु जिल्ला समन्वय समितिको भवनमा लुकेका थिए । त्यस पछि सशस्त्र प्रहरीको फोर्स मतदान स्थलमा बाक्लो रुपमा तैनाथ गरिएको थियो । नेपाल प्रहरीले अबस्था नियन्त्रणमा लिन नसके पछि सशस्त्र प्रहरीले भने उल्टै अन्धाधुन्द ढुङ्गमुढा आक्रोशित युवाहरुलाई प्रहार गरेका थिए ।

मंगलबार साँझ भएको यस्तो अवस्थाले बुधबार पनि मतगणनामा थप अबस्था भयाभह हुन सक्ने अनुमान गरिएको छ । यो बिषयमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरिक्षक मदनजित महरालाई सोध्दा आज यो बिषयमा केही छलफल हुन नसक्ने भएकोले बुधबार मात्र बैठक बसेर निस्कर्ष निकालिने बताए ।
यो बिषयमा नेपाली काँग्रेस बाजुराका नेता तथा सातौँ जिल्ला अधिबेशनका सभापतिका उम्मेद्वारहरु भने मौन रहेको पाइएको छ ।

भिडियो हेर्न तलको युटुव लिँकमा क्लिक गर्नु होला

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!