बाजुरा–नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा मगंलबार साँझ मतदान सकिएपछी अहिले बिहानबाट मतगणना सूरु भएको छ ।
हिजो राती ११ बजे बाट मतगण सूरु गर्ने भनिएको थियो । गयराति राती कांग्रेस कार्यकर्ता र सुरक्षाकर्मी विच दोहोरो झडप हुदा मतगणना कार्य रोकिएको थियो । रोकियको मतगणना अहिले बिहानबाट सूरु गरिएको काँग्रेस निर्वाचन कार्यालय जनाएको छ । बाजुरामा १२ सय १२ मत मध्य १२ सय ५ मतमात्र खसेका थिए ।