कमला रावल– कोरना महामारीको दास्रो चरणको लहर चलिरहेको बेला विपन्न,असहाय,अपांगता भएर काम गर्न नसक्ने व्यक्तिहरुका लागि राहत जुटाउदै साहित्यकार तथा सामाजिक अभियानता रिता शाही (रितु) को पहलमा खाद्यान्न समाग्री सहयोग वितरण गरिएको छ । जिल्लाका विभिन्न असक्त, असहाय व्यक्तिहरुलाई राहत तथा आर्थिक सहयोग बिभिन्न अभियाँनताको पहलमा भैरहेको छ । साहित्यकार तथा सामाजिक अभियान्ता रिता शाहीको पहलमा त्रिवेणी नगरपालिका–९ पैमाका एक विपन्न दलित समुदायका बालबालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेकी छन् । त्रिवेणी नगरपालिका पैमाकी भुजा नेपालीकी दुई छोरीलाई घरमै गएर खाद्यान्न सहयोग गरेकी छन् ।
नेपालीकी छोरी कुपोषण भएर मृत्युको मुखमा पुगेको खवर पाए पछि उपचारका लागि अभियान चलाएर अहिले डडेल्धुरामा उपचार भइरहेको छ । आमा छोरी डडेलधुरा जानू अगाडि पनि साहित्यकार शाहीले नेपालीको घरमै पुगेर दुई छोरीको लागि सबै खाद्यान्नको व्यवस्थापन गरेकी थिईन् । शाहीले एक महिना सम्म अस्पतालको बसाई पछि अहिले घरमा नै पुगेर दुई छोरीलाई खाद्यान्न सहयोग गरेकी हुन् । दुई छोरीको लागि ५० केजी चामल, दाल, नुन, तेल, बिस्कुट, नुहाउने लुगा धुने साबुन, खुर्सानी गरी पाँच हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको साहित्यकार शाहीले बताएकी छन् ।
उक्त सहयोग त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले हस्तान्तरण गरेका हुन् । आफ्नो नगरबासीको लागि उपचारमा ठुलो सहयोग पुर्याएको भन्दै नगर प्रमुख रावलले शाहीलाई धन्यवाद दिएका थिए । कोरोनाको महामारीमा पनि सकेसम्म आफु कसैलाई भोकै बस्न नदिने आफ्नो एक छाक एक गाँस अभियानलाई निरन्तरता दिएर दिन दु:ख को सेवामा निरन्तर लाग्ने शाहिले बताएकी हुन् । शाही विगत लामो समय देखि ला र साहित्य क्षेत्रमा काम गर्दै आएकी छन् । पछिल्लो समय उनी सामाजिक अभियान्ताको रुपमा काम गर्दै असाहाय बेसहारालाई सहयोग गर्दै आएकी छन् ।