राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको मंगलबार भएको निर्वाचनमा कुल १२०७ मत खसेका थियाे । बुधबार बिहान देखि मत गणना सुरु भएको हो ।
पछिल्लाे मत गणनाकाे नतिजा अनुसार ६०१ मत गणना हुदा सम्म सभापतिमा कविराज पण्डितको पक्षमा २५१, रामसिंह रावलको पक्षमा २३७ र चक्र शाहको पक्षमा ७१ मत प्राप्त गरेका छन । गणना भएका बाँकी ६०१ मतमा केहि मत बदर भएको निर्वाचन समितिले जानाएको छ । याे नतिजाले ५१ प्रतिशत मत कसैले पनि पुर्याउन नसक्ने सम्भावना रहेकाे छ । पहिलाे चरणकाे निर्वाचनमा सभापतिकाे उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसके फेरि दाेस्राे चरणकाे निर्वाचन हुने काँग्रेसकाे विधानमा उल्लेख गरिएकाे छ । दाेस्राे चरणकाे निर्वाचन भने सभापति पदका लागि मात्र हुने विधानमा रहेकाे छ । ५१ प्रतिशत मत ल्याउनका लागि विजयी उम्मेद्वारले ६०३ मत प्राप्त गर्नु पर्ने हुन्छ । यस्तो छ पहिलो चरणको नतिजा हेर्नुहोस ।
जम्मा गणना भएकाे मत सँख्या मत ६०१ मा
सभापति
कबिराज पण्डित -२५१
रामसिह राबल -२३७
चक्र शाह -७१
उप सभापति
पदम बडुबाल- ३७०
नारायण पाध्याय-३६९
शेरबहादुर खाती-२०९
सचिब
भरत रोकाया-२४९
तिलक पुरी-२६२
शिव बोहरा-२१६
रनसिंह अयडी-२२३
सह-सचिब
किष्ण राज पाध्याय- २२७
प्रकाश राबल-१९६
मीन भण्डारी- २६७
सुरेन्द्र सिंह–१७९