
श्रीचन्द्र पाध्याय– जिल्लाको बडमालिका नगरपालिकामा बाँस र निगालोको सदुपयोग गर्न त्यहां स्थानीयहरुलाई एक महिने तालिम दिएको घरेलु तथा साना उद्योग बाजुराले जनाएको छ । एक महिना पहिले सुरु भएको बासँ निगालोको तालिम बुधबार एक औपचारिक कार्यक्रमका बिच आज सम्पन्न् भएको छ ।
निगालो र बासका डोका डालो र विभिन्न सामग्रीहरु बुन्ने परम्परागत सिप बाहेक अन्य सामग्रहीहरु बुन्न्का लागि घरेलु तथा साना उद्योग बाजुरा र बडिमालिका नगरपालिकाले वडा नंं. ३ का स्थानीयहरुलाई एक महिने बाँसे निगालोको तालिम दिएको नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिका वडा नं. ३ ले आयोजना गरेको एक महिने बासं निगालोको तालिममा बडिमालिका नगरपालिकाको र घरेलु तथा साना उद्योग बाजुराको सहकार्य मा रजालीमा एक महिने बासे निगालोको तालिम आज सम्मपन्न भएको छ ।
। उक्त तालिम बाट कुनै पनि सामग्री निमार्णको विभिन्न बस्तु निमार्ण गर्न सक्ने सिप भएपछि आफुहरुलाई व्यवसाय गर्न सरल हुने एक जना तालिम लिएका व्यक्ति मन बहादुर खडकाले बताएका छन ।उनका अनुसार आफनै गाउं ठाउमा पाइने बाँसे निगालोले बडिमालिका नगरपालिकाको रजालिलाई पर्यटन प्रबद्धन गर्न र यहांका स्थानीयहरुलाई रोजगार सृजना गर्न पनि बासे निगालो प्रभाबकारि भएको बताउन्छन ।
एक महिने बाँसे निगालो तालिममा बडिमालिका नगरपालिका वडा नं. ३ का १० जना युवाहरुलाई सिप मुलक तालिम दिएको प्रशिक्षक चक्र मल्लले बताएका छन ।
सामुदायिक बनमा पाइने बास र निगालोबाट विभन्न थरीका सामग्रीहरु डोको डालो,टोकरी मुडा,लगायतका सामग्री आफुहरुले बुन्न सकेको राम बहादुर ल्वार बताउन्छन।
आज सम्पन्न भएको बाँसे निगालोको तालिमको समापन्न् कार्यक्रमा बडिमालिका नगरपालिका कार्यपालिका सदस्य हर्क ल्वार प्रमुख अतिथी रहेका थिए भने विशिष्ठ अतिथी घरेलु तथा साना उद्योग कार्यलय बाजुराका बरिष्ठ उद्यम सहजकर्ता पदम ऐर, पत्रकार महासँघका अध्यक्ष छक्क मल्ल लगायताको उपस्थित रहेको थियो ।