मिन बहादुर खड्का/बाजुरा –नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराकाे दोस्रो चरणको मतदान मतदान सुरु भएको छ । मंगलवार भएको पहिलो चरणको निर्वाचनमन कुनै पनि उम्मेदवारले ५१% मत ल्याउन नसकेपछी नेपाली काँग्रेस को बिधान अनुसार दोस्रो चरणको निर्वाचन सुरु भएको हो ।
मंगलवार भएको निर्वाचनमा देउवा पक्षका सभापतिका उम्मेदवार कविराज पण्डितले ४८९ , सिटौला पौडेल पक्षका रामसिंह रावलले ४७४ र स्वतन्त्र उम्मेदवार उम्मेदवार चक्र बहादुर शाहले १९२ मत प्राप्त गरेका थिए । ३ जना उम्मेदवार मध्य कसैले पनि ल्याउन नसकेपछी पुनः निर्वाचन गर्नुपरेको निर्वाचन अधिकृत सन्तोष भण्डारीले जानकारी दिए ।
अन्तमा सभापतिका लागि देउवा पक्षका कविराज पण्डित र सिटौला पौडेल पक्षका रामसिंह रावल दुई जना मात्र भिडने भएका छन । अर्का स्वतन्त्र उम्मेदवार चक्र शाहले सभापतिका उम्मेदवार रामसिंह रावललाई सहमति दिइसकेका छन । दुई उम्मेदवार पण्डित र रावल बिच कडा प्रतिसपर्धा हुने देखिन्छ । कसले बाजि मार्छन त भन्ने कुरा अहिले नै भन्न सकिन्न , यसको नतिजा पनि आज नै सार्वजनिक गरीने जानकारी प्राप्त भएको छ ।