चिरिञ्जवी खडुका / बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराको बिजया दशमी तथा शुभदिपावलीको पावन अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम संम्पन्न भएको छ ।
आईतवार जिल्ला कार्य समिति बाजुराका नवनिर्वाचित सभापति रामसिंह रावलको अध्यक्षतामा बडीमालिका नगरपालीकाको सभाहलमा सम्पन्न भएको हो ।अधिवेशन सकिए पछी सामान्यतया भेटघाटको वातावरण सिर्जन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डे प्रमुख अथिति रहनु भएको थियो भने कार्यक्रममा अथिति, नेपाली कांगे्रस बाजुराका प्रतिभाशाली नेता पुर्व भुमि सुधार सहायक मन्त्री जनक राज गिरी, पुर्व पार्टी सभापति मन बहादुर रावल, बरिष्ठ नेता कविराज पण्डित, बिभिन्न राजनिति दलका नेता, लगायत जिल्ला स्थित पत्रकारहरुको उपरिुथति रहेको थियो भने कार्यक्रमको संचालन निर्वाचित सचिव तिलक पुरीले गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले दशै बिशेष शुभकामना आदान प्रदान गरेका थिए ।











