मिन बहादुर खड्का/ बाजुरा–नेपाली कांग्रेस बाजुराका प्रतिभाशाली नेता, बाजुरेली जनताका आषा अनि भरोसाका केन्द्र बिन्दु एवम केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डेले नेपाली कांग्रेस समग्र नेपाली जनताको अभिभावक रहेको बताएका छन ।
नेता पाण्डेले कांग्रेस बाजुराले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उक्त अभिव्यक्ति दिएका हुन । जव देशमा संकट आइपर्छ र नेपाली जनताले सास्ति भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ तव नेपाली कांग्रेस जनताको समस्याको समाधानको पाटो बनेर अगाडी उभिन्छ । जव अन्य राजनिति दलहरुले देशमा विकृति र बिसंगतिहरु सिर्जना गर्छन त्यतिवेला कांग्रेसल ति बिकृति, बिसंगति र खराव आचरणहरुलाई सुद्धिकरण र रुपान्तरण गर्दै सहज ववातावरण तुल्याउने गर्दछ ।कांग्रेस भइसकेपछी हामिले बि.पि को एकता र मिलमिलापको नितिलाई अवलम्मन गर्नुपर्ने हुन्छ । दल सुध्रियो भने राजनिति सुध्रिन्छ र राजनिति सुध्रियो भने देश सुध्रिन्छ । खराव पक्षहरुलाई सुद्धिकरण गर्दै लैजानाुपर्छ र सवल पक्षहरुलाई मात्र अनुसरण गर्नुपर्छ ।२००७ सालकाे प्रजातान्त्रिक आन्दोलन देखि नै जनताको हित र राष्टियताका लागि संघर्ष गर्दै आइरहेको र पटक पटक चुनाव हार्दै गर्दा चुनाव हारेपनी देशले नहारोस भन्ने साहास लिएर जनताको पक्षमा वकालत गर्दै आइरहेको पार्टी भएकोले जनताको पार्टी भनेर हामिले गर्व गर्दै आइरहेका छौँ उनले भने ।
नेता पाण्डेले प्रजातन्त्रमा कसैले नजित्ने र कसैले नहार्ने बताउदै ७ औँ जिल्ला अधिवेशनमा प्रजाय भोगेकाहरुर्ला नआत्तिन र बिजय भएकाहरुलाई नमात्तिन आग्रह गरेका छन । लोकतन्त्रमा हार जित स्वभाविक प्रक्रिया भएकोले अव हारेका र जितेकाहरु एकिवद्ध भइ सिङगो कांग्रेस भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका हुन । साथै उनले निर्वाचनमा हार जित जसको भएपनी कांग्रेस एक ठाउँमा उभिएर अगाडी बढेने कुरामा बिश्वास दिलाउदै नवनिर्वाचित पधातिकारिलाई बधाई समेत दिएका थिए ।











