कृष्ण बहादुर रोकाया- बडा दशैको अष्टमीका दिन बाजुरा जिल्लाको कारागारमा रहेका कैदी बन्दीहरुलाई खसी हस्तान्तरणा गरिएको छ । मानव अधिकार तथा शान्ति समाज साखा बाजुराको समन्वयमा बडिमालिका नगरपालिका र हिमाली गाउपालिकाको आर्थिकबाट खसी हस्तान्तरण गरेको मानव अधिकार शान्ति समाज शाखा बाजुराकी अध्यक्ष सत्य कुमारी रोकायाले बताईन । 
बाजुरा जिल्ला कारागारमा रहेका कैदी बन्दी हरूलाई २ वटा बोका हस्तान्तरण गरेका पनि उनले बताएकि छन ।मानवअधिकार तथा शान्ति समाज शाखा बाजुरा कि अध्यक्ष सत्य कुमारी रोकाया अध्यक्षतामा खसी हस्तान्तरणा कार्यक्रम भएको थियो । बडीमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । 
औपचारिक रुपमा एक कार्यक्रम गरि बोका हस्तान्तरण कार्यक्रममा कारागार ईन्चार्ज टेक बहादुर खड्का, नेपाली काँग्रेस बाजुराका कार्यलय सचिव टेक बहादुर रोकाया, मानवअधिकार शान्ति समाज शाखा बाजुराका सदस्य मंगल बिष्ट लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त बोका कारागारका नाईके रूपेश बहादुर रावत र सह नाईके दिपेन्द्र सिंह लाई हस्तान्तरण गरिएको हो । २५ जना मात्र क्षमता भएको जिल्ला कारागारमा अहिले ४६ जना कैदीहरु भएकोले उनिहरुलाई बस्न र खानेपानी लगायत सबै कुराहरुमा समस्या भएको नाईके रावतले दुखेसो गरे । 
यता बडिमालिका उपप्रमुखले आफुहरू पदमा भए पनि पदमा नभए पनि सधै भरि यसरी नै सहयोग गरि राखेको बताएकी छन् । कैदीलाई सीप मुलक तालिम व्यवस्था गर्ने उहाँले भन्नू भयो । त्यस्तै मानवअधिकार शान्ति समाज बाजुरा साखाकि अध्यक्ष सत्य कुमारी रोकायाले पनि आफु र आफ्नो संस्थाबाट हुने सहयोग प्रत्येक वर्ष गरि राख्ने बताएकि छन। कार्यक्रमको संचालन मानवअधिकार शान्ति समाज शाखा बाजुराका सचिव गणेश थापा ले गर्नु भएको थियो ।











