युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
157 पटक पढिएको

बाजुरा कार्तिक १ ः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ का राजकुमार कुँवरको आन्द्रा फुटेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । शनिबार विहान ५ वजे सेती प्रादेशिक अस्पतालमा ल्याइएका कुँवरलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि उनीभन्दा अगाडि दुई जना बिरामी रहेकोले तुरुन्तै उपचार सम्भव नभएको भन्दै बिरामीलाई अन्यत्र लैजान सुझाव दिइयो ।

 

बिरामीका आफन्त कर्णबहादुर कुँवरले अस्पतालमा तुरुन्तै उपचार सम्भव नभएको भनेपछि कोहलपुर मेडिकल कलेज जान बाध्य भएको बताए । ‘सेती प्रादेशिक अस्पतालमा उपचार गर्न पाउको भए १० हजारमै शल्यक्रिया हुने थियो,’ उनले भने, ‘अस्पतालमा दुई अन्य बिरामी रहेको भनेर अन्यत्र जान भनियो । यहाँ दोब्बर बढी खर्च भयो ।’

 

सेती प्रादेशिक अस्पतालमा एक मात्रै शल्यक्रिया कक्ष रहेको अस्पतालले जनाएको छ । तर बिरामीको संख्या भने एउटै शल्यक्रिया कक्षले धान्न मुस्किल हुने गरेको छ । प्रदेश सरकार मातहत सबैभन्दा ठुलो अस्पताल भए पनि बिरामीले उपचार गराउन पालो नपाउँदा अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले अस्पतालको सेवा बिस्तारको काम यो आर्थिक वर्षमै बजेट प्राप्त भए पुरा हुने बताउँछन ‘सेतीमा सेवा बिस्तारका लागि बजेट माग गरिएको छ,’ उनले भने, ‘हामीले शल्यक्रिया कक्षमा सेवा बिस्तारका लागि काम गरिरहेका छौ ँ। सम्भवतः यो आर्थिक वर्षमा बजेट प्राप्त भए शल्यक्रिया कक्षको क्षमता बढाउने छौ ँ।’

सेती प्रादेशिक अस्पतालको सेवा भरपर्दाे र सस्तो भए पनि जनशक्ति, उपकरण तथा संरचना अभाव हुँदा बिरामी उपचारबाट बञ्चित हुँदै आएका छन एउटा बिरामीको जटिल खाले शल्यक्रिया गर्न ४ घण्टाजति लाग्ने तर शल्यक्रिया कक्षमा आवश्यक उपकरण नभएकोले समस्या हुने गरेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बाध्यता कायमै रहेको छ । जनशक्ति र उपकरणको अभाव तथा एउटा मात्रै शल्यक्रिया कक्ष हुँदा बिरामीले पालो कुर्नुपर्ने बाध्यता कायमै रहेको हो ।

 

अस्पतालले शल्यक्रियाका लागि दिन छुट्याउने गरे पनि बिरामीको संख्या बढी हुँदा पालो नै नपाउने समस्या छ । कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न वि।सं १९९७ सालमा सञ्चालन भएको कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो । सो समयमा अस्पताललाई ५० श्ययाको स्वीकृति दिइएको थियो । सरकारी स्वीकृति ५० शैयाको भए पनि अस्पतालमा बिरामीको संख्या धेरै भएको भन्दै अस्पताल प्रशासनले तीन सय २१ श्ययामा अस्पताल सञ्चालन गर्दै आएको छ । तर अस्पतालमा उपकरण, जनशक्ति तथा भौतिक संरचनाको चरम अभाव छ ।

 

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्राध्यापक डाक्टर शुभेषराज कायस्थको संयोजकत्वमा अस्पताल सुधार सुझाव समिति गठन गरिएको र त्यो समितिले दिने सुझावका आधारमा सुधारका प्रयास थाल्ने बताए । ‘डाक्टर कायस्थसहित अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्टहरुको सल्लाहाकार समितिले दिएको सुझावका आधारमा सेती अस्पतालको सेवा बिस्तारको काम गरिने छ,’ उनले भने, ‘ सेतीमा आवश्यक सबै सुधार गर्न प्रदेश सरकार तयार छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!