राम बहादुर दानी ३, कार्तिक– देशका पहाडी क्षेत्रमा लगातार पानी आए पछि सञ्चारको सुविधाबाट बञ्चित भईन्छ तर अरु सञ्चारका माद्दाम बन्द भए पनि एनसेलको फोन सेवा भने नियमित सुचारु नै हुन्छ । बाजुरा जिल्लामा दुई तीन दिनको लगातार पानी पश्चात् सधै फोन सेवा अवरुद्द हुँदै आएको छ ।
यति खेर पनि ४ दिन सम्म लगातार पानी पर्दा बाजुरा लगायत सुदुरपश्चिमका अधिकाँस पहाडी जिल्लाहरुमा फोन सेवा पुरै अवरुद्द भएको छ । असोज ३१ गतेबाट आएको लगातारको बर्षाले डढेल्धुरामा अप्टिकल फाईवरमा समस्या आउदा पहाडी जिल्लाहरु बझाङ्ग, डोटी अछाम र बाजुरामा फोन, ईन्टरनेट सेवा अवरुद्द भएको छ ।
नेपाल टेलिकमको अप्टिकल फाईवरमा समस्या आउदा नमस्ते, सिडियमए र लेनलाईनमा समस्या आएता पनि एनसेलको फोन सेवा भने कहिल्यै अवरोध हुदैत तर बिडम्बना एनसेलबाट बाजुरा जिल्लामा 4G सेवा नहुदा सेवाग्राहीहरु थप मर्कामा परेका छन ।