युनिकोड    राशिफल    एफएम रेडियाे                        
418 पटक पढिएको

राम बहादुर दानी/३, कार्तिक– जिल्ला सदरमुकाम मार्तडीको आडमै रहेको एक बिद्यालय जिर्ण अबस्थामा रहेको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ८, मा रहेको बालमन्दिर आधारभुत बिद्दालय टिनको छाना मुनि अबस्थित छ । पुरानो खिया लागेको जस्ताले बनेको सो बिद्दालयमा बर्षादको समयमा पनि बिद्दार्थीहरुलाई पानीमा बसेर पठन पाठन गराएको पाईन्छ ।

स्थानिय सरकार र सदरमुकाम भित्रकै मुख्य वजार क्षेत्रमा रहेको सो बिद्यालयको अबस्था हेर्दा दयनिय देखिन्छ । जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयबाट ५० मिटरको दुरी र बडीमालिका नगरपालिकाको आडमै छ उक्त बिद्दालय तर पनि सरोकार कार्यालयको ध्यान गएको छैन । स्थानिय वडा कार्यालयबाट पनि ३० मिटरको दुरिमा रहेको सो बिद्दालयको भौतिक अबस्था बारे कसैको चासो जान सकेको छैन ।

अाधारभुत सम्म पठनपाठन हुदै आएको उक्त विद्दालयमा १५० जनाको हाराहारिमा बिद्दार्थी सँख्या रहेको छ भने १ वटा स्थायी, ३ वटा अस्थायी राहत, ३ जना नगर शिक्षक र १ जना विद्दालय कर्मचारी जना ८ जना कर्मचारीहरु कार्यरत रहेका छन ।

बिद्दालयको छानो मात्र जिर्ण कहाँ छ र ? बिद्दालयमा पर्याप्त फर्निचर र उचित शौचालयको अबस्था पनि उस्तै दयनिय रहेको छ । पुरानै शैलीको भौतिक सँरचना र साँघुरा कक्षाकोठा भएकोले बिद्दार्थीहरुलाई बसाई ब्यबस्थापनमा पनि उत्तिकै कोचकाच भएको पाईन्छ । गुणस्तरिय शिक्षाका लागि प्रयाप्त खेल मैदान, प्रयाप्त फर्निचर, उचित शाचालय र उचित बसाई ब्यबस्थापनको खाँचो पर्दछ ।

छात्र छात्राका लागि अलग अलग शौचालयको ब्यबस्था पनि नहुदा बिद्दालयमा किसोरावस्थाका बालबालिकाहरुलाई असहज वातावरण सृजना भएको पाईन्छ । यसरी सदरमुकाममै र नगरपालिकाकै आडमा रहेको बिद्दालयमा यस्तो अबस्था हुदा सम्म पनि सम्बन्धित निकाय तथा स्थानिय सरकारको ध्यान नजाँदा उक्त बिद्दालयको अबस्था झन दयनिय र लाजास्मद भएको देखिन्छ ।

यो विषयमा विद्दालयकी प्रधानाध्यापक सुशिला थापालाई सोध्दा बिद्दालयमा न्यून वजेटले भौतिक सँरचना पुनस्निर्माण गर्न असहज भएको उनी बताउछिन । बिद्दालयको भौतिक सँरचना निर्माणका लागि कुनै पनि निकायबाट बजेट नआउदा पुरानै छानामुनी बिद्दार्थीलाई पठनपाठन गराउन बिद्दालय बाध्य भएको प्रधानाध्यापक थापाको भनाई रहेको छ ।

बिभिन्न शिर्षकमा जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयबाट बर्सेनि वजेट विनियोजन भएता पनि सम्बन्धित कार्यालयबाट ५० मिटरको दुरीमा रहेको यो बिद्दालयमा प्रयाप्त भौतिक निर्माणका लागि वजेटको ब्यबस्था हुन नसकेको पाईएको छ । यस वियषमा जिल्ला शिक्षा अधिकारीलाई सोध्दा बिद्दालयलाई बर्सेनि बजेट विनियोजन भएको तर भवन निर्माणका लागि छुट्टै शिर्षकमा बजेट छुट्याउन सकिएको छैन आगामी दिनहरुमा यस विद्दालयको भातिक सँरचना निर्माणका लागि विशेष पहल हुने उनले लोकतन्त्र विहानी न्युजलाई बताए

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!