मिन बहादुर खड्का – कार्तिक, ४– साँझबाट सुरुभएको मुसल्धारे बर्षाका कारण भित्र्याउनै लागेको बाली नष्ट भएको छ । जिल्लाका अधिकाँश ठाँउहरुमा पाकेर भित्र्यायने समयमा एक्कासी एकै रफ्तारमा लगातार पानी परे पछि बाली नष्ट हुदा कृषकहरु चिन्तामा परेका छन ।
बाजुरा जिल्लामा प्राय जसो अधिकाँश भुभाग बिरालो भएका कारण कोदो वाली वढी लगाईने गरिन्छ । पाकेर भित्र्याउनै लागेको कोदो र धानबाली पानीले चुटुर नष्ट गरेको छ । बार्षिक रुपमा कृषक खेतीबाट ६ महिना सम्म मात्र खान पुग्ने यस ठाँउका कृषकहरु भने यो साल अन्न भित्र्र्याउने समयमा यसरी वाली नाली नष्ट हुदा चिन्तित भएका छन ।
असोज ३१ गतेबाट सुरु भएको लगातारको पानीले सबै वाली नाली गलेर नष्ट पुर्याएको छ । मानु खाएर मुरी भित्र्र्याउन यस समयमा एक्कासी लगातार पानी पर्दा पाखो जग्गाको कमाईमा निर्भर रहने कृषकहरु भने बर्ष भरी के खाने भन्ने ठुलो चिन्तामा परेका छन ।