बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटिचौर स्थित दशरथ मा.वि.को खेल मैदानमा हुने तेस्रो छेडेदह कप फुटवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भोलीबाट संचालन गरिने भएका छन् ।
जिल्ला भरिकै सवै भन्दा आकर्षक पुरस्कार राशी सहित आयोजना गरिएको तेस्रो छेडेदह कप फुटवल प्रतियोगितामा जिल्ला भित्र र बाहिर गरि २२ वटा टिम दर्ता भएको खेल संयोजक तथा संरक्षक ओलीले बताएका छन् ।
बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको ओलीको भनाई रहेको छ ।
ओलीका अनुसार बुधबारबाट एक औपचारिक रुपमा प्रतियोगिताको उद्धघाटन पुर्व संविधान सभा सभा सदस्य महा नेपालीको प्रमख आथित्यतामा भै सकेको जानकारी प्राप्त भएको छ ।
कार्तिक १ गतेबाट शूरु हुने तयारी भएता पनि अविरल बर्षाका कारण केहि ढिलाई विहीबारबाट मात्र खेलहरु सुरु हुने आयोजकले बताएका छन्