
सुरेन्द्र शाह– एका एक असौज ३१ गते देखि आएको अविरल बर्षाका कारण बाजुरा साना जलबिद्युतको मुहान बगाउदा अबरुद्व भएको थियो ।
सदरमुकाम मार्तडी लगायत आसपासका क्षेत्रमा ४ दिन देखि बिद्युत सेवा अवरुद्व हुदा सेवा ग्राहीहरु मर्कामा परेका थिए । बिद्युत नहरको मुहान बगाउँदा कार्तिक दुई गते राति देखिे विद्युत सेवा अबरुद्ध भएको थियो । निरन्तर वर्षा र उर्लदो खहरे वाउलीको प्रबाह नगरी , जोखिम मोल्दै दुर्गाभजन गुल्म थापाथली ब्यारेकका सकल दर्जाका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल मार्तडी बजारका स्थानिय र अन्य ब्ययक्तीहरुको अथक प्रयास पछि मात्र बुधबार राती देखि बिद्युत सेवा सुचारु भएको हो ।
असोज ३१ गते देखि अवरुद्व भएको बिद्युत कार्तिक ३ गते राति आठ वजे देखि मात्र सूचारु भएको त्रिविेणी साना जल बिद्युत आयोजनाका व्यवस्थापक दयाराम पण्डितले जनाएका छन् । यसरी खविरल आएको बर्षका कारणले बिद्युतको मुहानमा पुर्याएको क्षेतिले ४ दिन सम्म बिद्युत सेवा अवरुद्व हुदा सवा ग्राहीहरुमा निकै मर्कामा परेको थियो । बिद्युतको नहर र मुहानमा भएको क्षेति लाई मद्यनजर गरी सबैले सहयोग गरेकोमा व्यवस्थापक पण्डितले सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

बिद्युत सूचारु गर्नमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, नवनिर्वाचित महाधिवेसन प्रतिनीधि महासमिति सदस्य तथा कांग्रेस नेता धनराज पण्डित, बडीमालिका नगरपालिकाकी उपमेयर तथा नवनिर्वाचित महाधिवेशन प्रतिनीधी कबिता विष्ट, संस्थाका अध्यक्ष अशोक रावल, सञ्चालक अमृता सिंह, वीरबहादुर रावल, अँगे रावल, लेखा समिति संयोजक काँशी प्रसाद जोशी, लेखा समिति सदस्य दीर्घराज पाध्याय, संस्थाका सल्लाहकार देव वहादुर रोकाया, पुर्व अध्यक्ष भिम वहादुर रोकाया, पुर्व सचिव तथा बडीमालिका नगरपालिका वडा नं सातका वडा अध्यक्ष धर्मराज पाध्याय, लगायत संस्थाका १७०० बढी शेयर सदस्य मध्ये अत्यन्त न्युन उपस्थित शेयर सदस्य महानुभाव, सहकर्मी पत्रकार साथीहरू लगायत शुभचिन्तक बजारवासीहरुले मर्मत् कार्यमा सहजिकरण तथा हौसला दिएकोमा सबै प्रति हार्दिक कृतज्ञेता व्यक्त गर्दछु उनले आफ्नो फेसबुक सामाजिक संजालमा लेखेका छन ।

यसरी ४ दिन पछि हत्तपत्त बिद्युत सेवा बुधबार रातीबाट मात्र सूचारु भएता पनि मर्मत कार्य अपुरो भएकोले बिहिबार बिहानबाट पुनः बन्द भएकोले बिहिबार पुर्ण रुपमा मर्मत सम्भार गरेर मात्र नियमित सेवा दिन सकिने व्यवस्थापक पण्डितले जनाएका छन ।











