युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
134 पटक पढिएको

Open Photo

धनगढी– सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एकरएक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सायल गाउँपालिका–६ का १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ । सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

जोरायल गाउँपालिका–३ का ७३ बर्षिया जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बि.क.को पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । शिखर नगरपालिका–११ की ३५ बर्षिया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ ।

उता बझाङमा बाढी पहिरोले ७ जनाको मृत्यु भएको छ । पहिरोमा च्यापिएर खप्तड छान्ना गाउँपालिकामा पाँच जना र थलराका दुई जनाको मृत्यु भएको हो । खप्तड छान्ना गाउँपालिका ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी र खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको खप्तड छान्ना गाउँपालिकाका बिरेन्द्रबहादुर सिंहले बताए । पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव स्काइभेटर लगाएर निकालिएको थियो । यस्तै अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई जनाको शव प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तर मृतकको सनाखत भने हुन सकेको छैन ।

गाउँपालिकाको वडा नम्बर ४ डिक्लामा बेपत्ता भएका २३ जनाको खोजीका लागि उद्धार टोली नेपाली सेनाको हेलिकप्टर मार्फत डिख्ला पुगेको छ । पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। विस्थापित ७ सय जना विद्यालयमा बसिरहेका छन्।् । नेपाली सेनाको हेलिकोप्टर माफर्त पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरेर रेस्क्यु टोली घटनास्थल पुगिसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारिले बताए ।

उता बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको छ । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदका अनुसार मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षिया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्। बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षिया परुदेवी महराको पनि ज्यान गएको छ ।

यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षिय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षिया नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ । यता कर्णाली नदीको बाढीका कारण कैलालीको टीकापुरमा एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीका करवीरे ढोलीको ज्यान गएको हो। सुदूरपश्चिममा अझै २५ जना बेपत्ता छन्।् ।
अविरल बर्षका कारण २८ जनाले ज्यान गुमाइ सकेका छन भने अंझै मर्नेको संख्या बढ्न सक्ने अनुमान रहेको छ । ४ दिन देखि लगातार वर्षाका कारण संचार सेवा पुरै अवरुद्व भए पछि शुदुरपश्चिमका अधिकाँश पहाडी जिल्लाहरुको के कति क्षति भयो भन्ने कुराको विवरण आउन नसकेकोले बाडी पहिरोमा परी मर्नेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!