धनगढी– सुदूरपश्चिमको राजधानी धनगढीबाट पहाडी जिल्लामा हुने उडानमा यात्रुको चाप बढेको छ। धनगढीबाट पहाड जाने तथा पहाडी जिल्लाबाट तराई आउने यात्रुरुहरुको चाप बढेको हो ।
तीन दिनसम्म भएको वर्षाका कारण पहाडी राजमार्ग अवरुद्ध भएपछि जहाजमार्फत यात्रा गर्नेहरुको चाप बढेको धनगढी विमानस्थलले जनाएको छ । सुदूरपश्चिमको पहाडी जिल्लाका लागि समिट एयरले मात्रै आन्तरीक उडान भर्दै आएको छ।
समिट एयरले अछाम, बैतडी, बझाङ र बाजुरामा अहिले उडान गरिरहेको समिट एयरका प्रतिनिधि रोशन सिंहले बताए। उनले भने, ‘अहिले हवाई यात्रुको एकदमै चाप बढेको छ ।
दिनेश खबर बाट साभार