राम बहादुर दानी/बाजुरा– बिगत १५ दिन देखि सुत्केरी बेथा लागेर सकुशल बच्चा पाइ सकेर घर फर्केकी कलाकार विमला बोहरा नोभा हस्पिटलमा उपचार रत छन । सेती प्रादेशिक हस्पिटलमा सुत्केरी हुँदा खुट्टामा सुई लगाउदा बल्झिएको घाउ पुनः बढी हुँदै जाँदा सोही अस्पतालमा उपचारका लागी दोस्रो पटक लिदा सेती प्रादेशिक अस्पतालले उपचार सम्भव छैन नेपालगञ्ज लिनुस भनेर भनेपछि उनलाई अहिले धनगढी मै रहेको नोभा अस्पतालामा उपचार भैरहेको छ ।
नोभा हस्पिटलको ब्याडमा उपचारार्थ छट्पटाई रहहेकी बिमलाको अवस्था निकै नै दयनिय भएको खबर प्राप्त भए पछि धनगढीमा उपलब्ध कलाकारहरुको टिम आइतबार उनलाई भेट्न नोभा हस्पिटल मै गएको थिए । उपचारका लागी आर्थिक अवस्था कम्जोर हुँदा धनगढीमा उपलब्ध कलाकारहरु भिम बिष्ट (अछामी रेखा), हेमन्ता भट्टाई, जहित बुढा, सुरेन्द्र संगम र झरना बोहरा लगायतका कलाकारहरुले एकक मुष्ठ १७ हजार २ शय जम्माा गरी आर्थिक सहयो गरेका थिए । उनलाई सरिरमा रगतको मात्र कम भएककोले कलाकारहरुको टिमले रकग संकलन गरी रगत उपलब्ध गराएकको कलाकार भिम बिष्ट (अछामी रेखा) ले लोकतन्त्र विहानी नयुजलाई जानकारी दिए ।
उनको उपचारका लागी आर्थिक अवस्था कम्जोर भएकोले भारतको मुम्मै पुणेमा रहेका गायक तथा राम शिलाल म्युजिक सेन्टरका प्रवन्धक राम सिलालले भरु १५०० गरी अन्य भारतमा बस्नुहुने प्रवासी नेपालीहरुबाट पनि आर्थिक सहयोग जुटाउने काम भैरहेको कलाकार बिष्टले बताए ।यसरी श्रीमतिको उपचारका लागि निकै नै समस्यामा परेको बेला सबैले सक्दो सहयाोग गर्न उपचाररत बिरामी कलाकार बिबमला बोहराका श्रीमानरविन्द्र खडायतले अनुराोध गरेका छछन ।
कलाकार विमलाको उपचारका लागि सहयोग गर्न चाहानु हुने महाानु भावहरुदे उनको सम्पर्क नम्बर ९८४१७२५०२१ र ९८६०६४१५१७ मा सम्पर्क गर्न सक्नु हुने छ बिरामीकाा श्रीमानको अनुरोध छ । त्यस्तै भारत वा अन्य छिमेकी ममुलुकमा रहनु हुने महाानु भावहरुले उपचारका लागि आर्थिक सहयोग गर्न चाहानु हुँन्छ भने रविन्द्र खडायत धनगढी कैलालीको ठेगानामा आइएमी मार्फत पनि सहयाोग गर्न उनको अनुराोध रहेको छ ।