राम बहादुर दानी/बाजुरा– जिल्लाको मौलिक कला संस्कृतिको संरक्षण गर्दै आएका साहित्यकार राजेन्द्र शाहको अथक प्रयासमा जिल्लाको समपुर्ण मौलिक संस्कृतिलाई समेटेर तयार पारेको ऐतिहासिक देउडा गीत गीत “बाजुरा बैकुण्ठ रैछ” को छायाङ्कन सदरमुकाम मार्तडीमा भएको छ ।
बाजुरा जिल्लाका हरेक क्षेत्रका मौलिक पनहरुलाई समेटेर तयार पारिएको सो गीतमा शब्द संगीत साहित्यकार राजेन्द्र शाह वि.पी.ले गर्नु भएको छ । समधुर स्वरका धनी प्रकाश थापा र राजेन्द्र बाजुरेलीको आवाजमा रहेको सो गीतको संगीत संयोजन बिनोद बाजुरेलीले गरेका छन । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीको जिल्ला समन्वय समितिको प्राङ्गणमा देउडा गीत खेलिएको थियो भने देउडा गीत खेलाए पश्चात बाजुराको संस्कृति झल्कने सबै बृत्तान्त पर्दशन सहित बजारमा भुव चाली, गौरा, मागल, हुड्केउली, अनन्ते र भोटे सेलो लगातको झाँगी सहित मार्तडीको अनन्ते खेल्ने चौर डाँडामा गएको थियो ।
इतिहासमै पहिलो पटक जिल्लाको पुरै संस्कृति घल्किने सो गीतमा लामो समय देखि संगीत र शब्द समायोजनमा निकै सकस गरेको साहित्यकार वि.पि.को भनाई रहेको छ । बाजुरा जिल्लाको जुगाडामा खेलिने गौरा पर्व, पाण्डुसैनमा खेलिने भोटेसेलो, मार्तडीमा खेलिने अनन्ते र भुवो चाली त्यस्तै बाजुराको सिंगो संस्कृति झल्कने हुड्केउली लगायतका संस्कृतिहरु झल्कने गरी छायङ्कन भएको छ ।
निकै नि रमणिय रुपमा छायाङ्कन भएको सो गीतले सदरमुकाम मार्तडीको रौनक भने निकै नै आकर्षक भएको थियो । जिल्लाका वकिल, सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारी तथा प्रमुखहरु लगायत ब्यापारीहरुको बाक्लो उपस्थिति रहेको थियो । सामान्य रुपमा एक दिने महोत्सव भन्दा कम थिएन ऐतिहासिक गीतको छायाङ्कनको मावल ।
बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा पहिलो पटक ड्रोन क्यामेराले छायाङ्कन हुँदा सबैमा उमंग र अनौठो महसुस भएको छ । शुदुर पश्चिम कै ऐतिहासिक बन्ने सम्भावनाका साथ यो गीत निर्माण गरिएको गीतका गायक प्रकाश थापा बताउछन । धेरै कलाकारहरुको संयूक्त साझा आवाज समेत मिसाइएको उक्त गीतले साँच्चिकै बाजुरा लगायत सुदुरपश्चिमका सबै जिल्लाको मौलिकताको संरक्षण र न्याय दिएको देउडा खेलाडी रम बहादुर शाही बताउछन ।
बिभिन्न जिल्लामा प्राप्त देउडा कलाकारहरुले हरेक झाँगी सहति बजारको शोभा भने एक चोटी निकै नै बढेको थियो । अनुप चन्दले पहिलो पटक ड्रोन क्यामेराले छायाङ्कन गरेको देख्दा सबैलाई अनौठो लाागेको देउडा खेलमा सहभागीहरुले बताएका छन ।
डी.वी रौलेले छायाङ्कन गरेको सो गीतले लोप हुन लागेको संस्कृतिको जर्गेना गर्ने भन्दै जिल्ला बासीहरुले शुभकामना तथा धन्यबाद ब्यक्त गरेका थिए । गीतको छायाङ्कनमा केहि समय लाग्ने भएकोले एक महिना पछि भिडियो सहित खप्तड डिजिटलको अफिसियल युटुव च्यानेलबाट सार्वजनिक हुने गीतका सर्जक राजेन्द्र शाह वि.पी.ले जानकारी दिएका छन ।
बाजुरा जिल्लाको संस्कृति झल्किने देउडा गीतको एक कार्यक्रमका साथ निकै नै रौनकका साथ सुटिङ सम्पन्न भएको छ। जिल्लाका सबै ऐतिहासिक संस्कृतिलाइ समेटेर तथार पारिएको राजेन्द्र शाह वि.पीको शब्द संगीत, प्रकाश थापा र राजेन्द्र बाजुरेलीको स्वर रहेको गीत छ ।
सुटिङ रिपोटको भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु होला