
काठमाण्डौ – काठमाण्डौको सोल्टीमोडमा रहेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगलागी भएको छ । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गएराति साढे ९ बजे दीपक अर्यालले सञ्चालन गरेको गिफ्ट ट्रेनिङ सेन्टरमा आगो लागेको हो। दमकल र स्थानीयबासिन्दाको सहयोगमा सवा १० बजे आगो निभाइएको बताइएको छ ।
विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरिीले जनाएको छ ।











