युनिकोड    राशिफल    एफएम रेडियाे                        
319 पटक पढिएको

काठमाडौं– शिक्षक सेवा आयोग ११ औं संशोधन नियमावली २०७८ स्वीकृत भएको छ। मन्त्रीपरिषद्‍को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने बाटो खुल्ला भएको छ। आयोगको नियमावली संशोधन भएसँगै रिक्त शिक्षक दरबन्दी पदपूर्तिका लागि विज्ञापन खुल्ने छ।

नियमावलीको दफा १८ को परीक्षाको पूर्णाङक र उत्तीर्णाङक सम्बन्धी व्यवस्थामा आयोगबाट लिइने प्रतियोगितात्मक परीक्षाको पूर्णाङ्क देहाय बमोजिमको हुने उल्लेख थियो। उक्त बुँदा संशोधन गरी खुला प्रतियोगितात्मक परीक्षा बनाउनुपर्ने गरी प्रस्ताव लगिएको थियो।

यस्तै, दफा ३८ को परीक्षाको पाठ्यक्रम तथा बढुवा सिफारिस सम्बन्धी अन्य व्यवस्थाको दुई नम्बर बुँदा संशोधन गर्ने गरी प्रस्ताव लगिएको थियो। आयोगले ६ महिनाअघि नै शिक्षक सेवा नियमावलीसमेत संशोधनका लागि मन्त्रिपरीषद्‍मा प्रस्ताव लगेको थियो। शिक्षामन्त्री नियुक्त नहुँदा नियमावली संशोधन प्रकृयाअघि बढ्न सकेको थिएन।

१७ हजार शिक्षकको दरबन्दी खुलाउने बाटो खुल्ला भएको छ। आयोगले यसअघि शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लग्दा प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो। नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लगायतका काम रोकिएका थिए ।

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको विवरण पठाइसकेको छ। केन्द्रले प्राथमिक तहका १२ हजार ९ सय १२, निम्न माध्यमिक तहका दुई हजार ५ सय ९३ र माध्यमिक तहका एक हजार ५ सय ४२ पदमा दरबन्दी रिक्त रहेको विवरण आयोगलाई बुझाएको हो।

अन्नपुर्ण पाेष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!