राम बहादुर दानी– ब्याप्त बजारिकरण बढ्दै जादा बिभिन्न मान्छेहरु पनि सदरमुकाम मार्तडीमा भित्रिने गरेका छन । जब यातायातको पहुँच सदरमुकाम मार्तडी सम्म सहज भयो तव बिभिन्न प्रकारका मान्छेहरु पनि भित्रिएका छन । जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा कार्तिकको कठ्याङग्रीदो जाडोमा मानसिक सनतुलन गुमाएका केहि ब्यक्तिहरु सिमेन्टमै पल्टि रहदा यहाको मानव अधिकार, स्थानिय सरकार, सुरक्षा निकाय र प्रशासन हेरेर बसेको पाइएको छ ।
जिल्ला सदरमुकाम मार्तडीमा बिगत लामो समय देखि नै तराइका ठुला सहरबाट गाडीमा आएका मानसिक सन्तुलन गुमाएका मानिसहरु भित्रिदै आएका छन । कोही जिल्ला बाहिरका त कोही जिल्ला भित्रैकै मानसिक सन्तुलन गुमाएका मनिसहरु जिल्लाकै मुख्य केन्द्रविन्दु लोकतान्त्रिक चोकको चिसोमा पल्टेको देख्दा देख्दै सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, स्थानिय सरकार, मानव अधिकार र प्रशासन मौन रहेर वास्था नगरेको पाइएको छ ।
जिल्लामा संचालिन सेभ हाउस, जिल्ला प्रशासन कार्यालय, मानव अधिकारकर्मी, सुरक्षा निकाय, महिला तथा बालबालिका साखा र स्थानिय सरकारले केहि चाँसो नराखेकोले उनिहरुको अवस्था दयनिय देखिन्छ । यसरी कार्तिकको चिसोमा उनिहरु खाने कुरा माग्दै सिमेन्टमा चिसो खाँदै पल्टि रहेको पाइएको छ ।
यो बिषयमा यस्ता मान्छेको कके कसरी ब्यबस्थापन गर्न सकिन्छ भनेर सरोकारवाला निकायहरुसंंग समन्वय गर्दा त्यसका लागि उपर्युक्त ठाँउ खोज्नुस के कसरी व्यबस्थापन गर्न सकिन्छ गछौँ भन्ने कुराहरु आएता पनि उनिहरुले यो बिषयमा भने कत्ति पनि चाँसो नदेखाएको पाइएको छ ।
यता जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख सहाायक जिल्ला अधिकारी समिरिराज भण्डारीले भने सरोकार वाला निकायहरुले यस्ता ब्यक्तीहरुको ब्यबस्थापन गर्न पहल गरेमा जिल्ला प्रशासन कार्यालय बाजुरले त्यसका लागि प्रशासनले गर्नु पर्ने काम गर्ने बताएका छन । यसै बिषयमा सुरक्षा निकायका प्रमुख संग जिल्लामा यस्ता ब्यक्तिहरु रोडमा भौतारिएर चिसो खाँन बाध्य भएका छन यसको बिषयमा सुरक्षा निकाय के हेरेर बसेको छ भनी सोध्दा प्रशासन र मानव अधिकारकर्मीहरुको पहलमा यसलाई व्यबस्थापन गर्न पहल गरे आफुहरु ति ब्यक्तीलाई कुँन ठााँउ सम्म पुर्याउनु पर्ने हो सुरक्षा कर्मी खटाएर सहयोग गर्ने बताएका छन ।
उता यो बिषयमा सेभ हाउसकी सन्तोषी थापालाई रोडमा माानसिक सन्तुलन गुमाएकी महिला बेवारिसे हिडिरहेकी देख्दै तपाइहरु किँन मौन भएर बस्नु भयो तपाईको कर्तव्य र दायित्व बहन गर्न सक्नु हुन्न भनेर सोध्दा आफुहरु संग त्यस्तो कुँनै बजेट नभएको एक चोटी मानसिक सन्तुलन गुमाएकी ति महिलालाई सेभ हाउसमा ल्याएको तर उनलाई व्यवस्थित राख्न खोज्दा नियन्त्रणमा राख्न नसकेकोले फेरी पनि सरोकारवाला निकायहरुले ब्यबस्थापनमा पहल चाले सेभ हाउसबााट गर्ने सहयोगका लागि आफुहरु तयार रहेको बताउछिन ।
बिषेशतः जिल्ला भित्रकै हुन वा जिल्ला बाहिरकै हुन मानसिक सन्तुलन गुमाएर रोडमा बेवारिसे हिडिरहेका, जता ततै माग्दै गुजारा गरेका र असुरक्षित रुपमा रोडमै चिसो खाँदै रात काटेका यस्ता मान्छेहरु देख्दा देख्दै तपाइहरु के हेरेर बसेको भनेर बडीमालिका नगरपालिका महिला साखा कार्यालयका कार्यालय प्रमुख केशरी शाहीलाई सोध्दा यसको बिषयमा आफुहरुले पनि चिन्तन त लिएको तर सबै सरोकारवाला निकायहरुले पहल गर्नु पर्ने बताएकी छन ।

त्यस्तै बडी मालिका नगरपालिकाका नगर प्रमुख पदम बहादुर बडुवाललाई पनि यसै मुद्वाको बिषयमा नगरपालिका भित्रकै मानसिक सन्तुलन गुमाएकी महिला रोडमा बिगत लामाो समय देखि बेवारिसे असुरक्षित हिडिरहदा आफ्नै नगरपालिकाकी महिलाको अवस्था यस्तो भएर भौतारि रहदा तपाईलाई कुनै चोट छैन बिगतको संघिय निर्वाचनमा तिनै महिलाको औँठा छाप लगाएर मत दिएको हो अहिले यो अबस्थामा बेवारिसे हुदा नगरपालिकाको पनि नाम जोडिन जान्छ यस्ती महिला र साथमा अर्को मानसिक सन्तुलन गुमाएको मान्न्छेको ब्यबस्थापनमा नगरपालिकाको तर्फबाट के गर्न सकिन्छ भनेर सोध्दा उहाले यस्ता व्यक्तिहरुको व्यवस्थापनका लागि कुन ठाँउमा उचित ठाँउ छ ठाँउ खोज्नुस व्यवस्थापनमा लाग्ने यातायतत खर्च र गाडी सहितको व्यबस्था नगरपालिकाले गर्न सक्छ अरु केहि गर्न सक्दैन भन्नु भएको छ ।
यो विषयमा खास गरी मानव अधिकारको प्रमुख दायित्व रहन्छ । जिल्ला मानव अधिकार मञ्च बाजुराकी अध्यक्ष कल्पना महत संग यो बिषयमा मानव अधिकारकर्मीहरु के हेरेर बसेका छन ? किन मानव अधिकारको रक्षामा पहल हुदैन ? यस्ता वेवारिसे व्यक्तिहरु रोडमा भौतारि रहदा किन मौन भएर हेरेर बसेको यसको बिषयमा जिल्ला मानवअधिकारले के पहल गर्न सक्छ ? भनेर प्रश्न सोध्दै सल्लाह लिदा आफुहरुले विगतमा यस्ता ब्यक्तीहरुको व्यवस्थापन तथा मानव अधिकारको रक्षा गर्दै आएकोले यि व्यक्तिहरुको पनि व्यबस्थापनका लागि मानसिक सन्तुलन गुमाएकाहरुलाई सुधार केन्द्रमा लिएर सुधार्न सकिने भएकोले आफुहरुले यस्ता निकायसंग तत्काल समन्वय गरी व्यवस्थापन गर्न तिर लाग्ने भनेर भनेता पनि अँझै कुनै चाँसो राखेको छैन । रोडमा मानसिक सन्तुलन गुमाएका वेवारिसे मान्छे लोकतान्त्रिक चोकको चिसो खान र रोडमा सडेगलेका फोहोर खान बाध्य छन ।

यो बिषयमा सके सम्म जिल्लाका मानव अधिकार सम्बन्धी रक्षक संजाल, सुरक्षा निकाय, जिल्ला प्रशासन, महिला तथा बालवालिका साखा, नगरपालिका र सेभ हाउसहरुले समन्वय गरी व्यबस्थापन गर्नु पर्ने देखिन्छ । ति सरोकारवाला निकायहरुलाई केही कुरा बुझ्न खोज्दा यस्ता ब्यक्तिहरु रोडमा–सडकमा कति हुँन्छन हुँन्छन तर कतिको रेख देख र व्यबस्थापन गर्न सकिन्छ भन्ने जस्ता कुराहरु पनि आएका छन ।
के ति मानसिक सन्तुलन गुमाएर सहर बजारको गल्ली गल्ली र रोडमा कार्तिक मंसिरको चिसो खाएर बस्दा जिल्ला स्थित सरोकारवाला निकायहरुको बाक्लो चियर र तातो सिरकमा बस्नेहरुको सरिरमा चिसो लाग्दैन होला ? यो बिषयमा किन सरोकारवाला निकायहरु मौन भएर बसेका छन ? सबैको यो बिषयमा ध्याँन जाँन जरुरी देखिन्छ ।
जिल्ला मानव अधिकार मंचकी अध्यक्ष कल्पना महतले चाँडै यो बिषयमा निकास खोज्ने र वेवारीसे नागरिकहरुको सुरक्षाका लागि तिनिहरुलााई कुँनै ठाँउमा सुधारका लागी पहल गर्ने भनेर भनेता पनि कुनै वास्था भने गरेको छैन । एक जना पत्रकार र एक जना समाजसेवीको पहलमा यि यस्ता नागरिकहरुको व्यबस्थापनका लागी जिल्ला स्थित प्रशासन, नगरपालिका, महिला तथा वालबालिका साखा, सेभ हाउस र सुरक्षा निकायका प्रमुख ब्यक्तीहरुसंग समन्वय गर्न खोज्दा पनि चाँसो राखेको छैन । के यो एक जना व्यक्तिको मात्र समस्या हो र ? यो त जिल्ला स्थित सम्पुर्ण मानव अधिकार सम्बन्धी काम गर्ने निकयहरुको चाँसोको बिषय हो ।












