
लन्डन–बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन। यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो संक्रमण देखिएको र २०७ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भइसकेको छ । बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
दिनेश खबरबाट साभार











