मीन बहादुर खड्का/बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका वडा न ९ पैमा स्थित पार्वती मा वि मा पदम खत्री स्मृति प्रतिष्ठानको आयोजनामा संचालन भएको खुला भलिबल प्रतियोगिता तथा सास्किर्तिक महोत्सव सोमवार सम्पन्न भएको छ ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष अमर सिंह खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम गत कार्तिक १२ गतेवाट संचालन भएको थियोे । कार्यक्रममा खुला भलिवल प्रतियोगिता भएको थियो । खुला भलिबल प्रतियोगिताको प्रथम स्थान कन्सर्न बाजुराले हात परेको छ भने दित्तिय स्थान त्रीवेणी नगरपालिका ताम्सुले हात पारेको थियो । प्रतियोगिता लगातार ३ दिन सम्म चलेको थियो । कार्यक्रमको चौथो दिन सोमबार स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति राखेका थिए ।
कार्यक्रममा वरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी, कोकिल कण्ठित स्वरका धनी गायक प्रकाश थापा,मोडल रोजी कुवर, गायिका एवम मोडेल लक्ष्मी आचार्य,सुदुरपस्क्षिमकै चर्चित देउडा शव्द रचनाकार साहित्यकार राजेन्द्र शाह बि पि ,गायक राजेन्द्र बाजुरेली, लक्ष्मण अधिकारी दुवैको लाहुरे , भिम थापा , लगायतका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा खेल बिजेता खेलाडीहरुलाई महोत्सवमा सहभागी कलाकारहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती रावलले स्वर्गीय पदम खत्री प्रती श्रदा सुमन व्यक्त गर्दै उनका सुपुत्रहरुलाई कार्यक्रमको आयोजना गरेर प्रसंशनिय कार्य गरेको भन्दै धन्यवाद समेत दिएका हुन । रावलले पदम खत्री स्मृति प्रतिष्ठानले आयोजना गरेको खुला भलिबल तथा सास्किर्तिक कार्यक्रमले समग्र बाजुरा जिल्लाको खेल क्षेत्र र संगीत क्षेत्रको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभएको हो ।
प्रतिष्ठानका अध्यक्ष अमरसिंह खत्रीको अध्यक्षतामा संचालन भएको खुला भलिबल तथा सास्किर्तिक महोत्सव कार्यक्रममा प्रमुख अथिती नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति रामसिंह रावल रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिती त्रीवेणी नगरपालिका उपप्रमुख राधिका सिंह ,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कर्ण बहादुर थापा,बरिस्ठ देउडा गायक नरेन्द्रराज रेग्मी, लगायत विभिन्न पार्टीका प्रमुख एवम प्रतिनिधि ,विभिन्न संघा सस्थाका प्रमुख एवम प्रतिनिधि , संचारकर्मी लगायत संगीत प्रमी दर्शकहरुको बाक्लो उपस्तिथि रहेको थियो ।











