कार्तिक १७/बाजुरा– बिगत लामो समय देखि नै बाजुराको सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक देखि बिभिन्न ठाँउमा वेवारिसे दुई मानसिक सन्तुलन गुमाएका नागरिकहरुलाई बुधबार नै पत्रकार राम बहादुर दानीको पहलमा उद्वार गरिएको छ । जिल्ला स्थित प्रशासन,पालिका, महिला साखा, मानव अधिकार संजाल र सुरक्षा निकायहरु संगकाे समन्वयमा उनिहरुलाई मानव आश्रम केद्र धनगढीमा पठाइएको हो । जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ माझि गाँउमा माइति घर र खप्तड छेडेदह गाँउमालिका वडा नं. ६ सुदाडामा पाेईली घर भएकी अन्दाजी २६ बर्षिया सानसिक सन्तुलन गुमाकी मिना नेपाली र एक नाम नखुलेका भारतिय नागरिकलाई पत्रकार दानीको अथक प्रयासमा उद्वार गरिएको हो ।
मंगलबार जिल्ला स्थित सबै सरोकारवाला निकायहरुसंग छलफल गरी तिनीहरुलाई बुधबार मात्र उद्वार गरिएको हो । पत्रकार दानीले बिगत दुइ साता देखि यसरी सडकमा बिभिन्न कारणले मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुको उद्वारका लागि जिल्ला स्थित प्रशासन, नगरपालिका, मानव अधिकार संजाल, जिल्ला प्रहरी र सेभ हाउससंग समन्वय गर्दा बुधबार मात्र उनिहरुको उद्वार हुन सकेको हो । बुधबार बिहान मात्र सहायक प्रमुख जिल्ला अधिकारी समिरराज भण्डारी, बडीमालिका नगरपालिकाका मेयर पदम बडुवाल, जिल्ला प्रहरी निरिक्षक बलेन्द्र नाथ, बडीमालिका नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख केशरी रोकाया, पत्रकार राम बहादुर दानी, मानव आश्रम केद्र धनगढीका सुदुरपश्चिम स्तरिय भोलेन्टिएर जनक जोशी लगायत जिल्लामा अन्य सरोकारवाला निकायहरुसंगको समन्वयात्मक छलफल पश्चात बुधबार दिउसो उनिहरुलाई धनगढी पठाइएको हो ।
यसरी बुधबार बसेको समसामयिक बिषयमा जिल्लामा रहेका यस्ता सडकमा बेवारिसे नागरिक हरुलाई उद्वार गर्न जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला समन्वय समितिबाट जिल्लाका नौ वटै स्थानिय तहहरुलाई यस्ता नागरिकहरुको बिवरण संकलन गर्न मानव रक्षकमा लागेका ब्यक्तिहरुलाई सहयोग गर्न पत्रमचार गराउने निर्णय भएको छ । बुधबार जिल्लाका सरोकार वाला निकाय, पत्रकार र मानव आश्रम केन्द्र धनगढीका प्रतिनिधीहरु बिच छलफल भई तत्काल जिल्ला सदरमुकाम मार्तडीमाा देखिएका दुबै जनालाई उद्वार गर्ने र आगामी दिनहरुमाा जिल्लाका नौ वटै स्थानिय तहमा पनि यस्ता ब्यक्तीहरुको विवरण संकलन गरि उद्वार गर्ने निर्णय भएको छ ।
दुबै जनालाई बुधबार मानव आश्रम केन्द्र धनगढीमा पठाँउन बडीमालिका नगरपालिकाको कार्यालयले गाडी र लागत खर्चको ब्यबस्थापन गरेको छ भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट एक महिला, एक पुरुष प्रहरीलाई उनिहरुको साथमै सुरक्षाका लागि धनगढी पठाइएको छ । दुबै जना ब्यक्तिहरुको स्वास्थ्य अवस्थालाई मद्यनजर गर्दै एक जना नर्स समेत उनिहरुसंगै धनगढी पठाइएको छ ।
जिल्ला स्थित सरोकारवाला निकायसंगको मानव उद्वार सम्बन्धिको छलफलमा मानव आश्रम केन्द्रका भोलेन्टिएर जनक जैशीले आफ्नो संस्थाका देश भरी २५ बढी साखाहरु रहेको र यसै अन्तर्गत शुदुरपश्चिम प्रदेशमा पनि यसको शाखा रहेकोले धेरै नागरिकहरुको संरक्षण गरी निको भएर घर फर्काइएको बताएका छन । त्यस्तै छलफल कार्यक्रममा बोल्दै पत्रकार राम बहादुर दानीले पनि बिगत लामो समय देखि जिल्लाको सदरमुकाम मार्तडीमा मानसिक सन्तुलन गुमाएर चिसोमा बस्ने, जताततै मागेर खाने बेवारिसे नागरिकहरुको अवस्था दयनिय भएकोले कोहि कसैले यो विषयमा चाँसो नदेखाएकोले उनिहरुको उद्वारका लागि आफुले दुइ साता देखि पहल गर्दा बुधबार मात्र आएर उनिहरुको उद्वार गर्न पाँउदा आफुले पुण्ड्य कमाएको बताएका छन ।
छलफल कार्यक्रममा बोल्दै पत्रकार दानीले आगामी दिनहरुमा पनि यस्तै दिन दुखी, बिभिन्न कारणले रोडमा भौतारि रहेका, आमाबुवा गुमाएर टुहुरा भएर शिक्षा दिक्षाबाट वञ्चित नागरिकहरुको उद्वारमा लाग्ने बताएका छन । बिभिन्न माद्यामबाट सामाजिक अभियान्ताको रुपमा नाम जोड्ने सामाजिक अभियान्ताहरुको यस्ता व्यक्तीहरु प्रति ध्यान नगएको तर सामाजिक अभियान्ताको नामलाई नाफामुलक पेषाको रुपमा लिएको केहि दिनका लागि समस्या टार्न बिभिन्न माद्यामबाट राहत संकलन गरि आफुले सेवा गरेको नाम जोड्ने मात्र काम भएकोले यस्ता वास्तविक नागरिकहरुको उद्वार गरी उनिहरुलाई पहिलेकै अवस्थामा फर्काएर स्वालम्बी बनाउन सके सबै भन्दा ठुलो धर्म र पुण्डे भएको उनको भनाई रहेको छ ।
कोरोना महामारी देखी बर्षादको झरीमा कोही कसैको यस्ता ब्यक्तिहरु माथी ध्यान नगएकोले उनिहरुको कोही कसैले पिडा नबुझेकोले यस्तो कार्यको नियमितताका लागि थालनी गनर्न आवश्यक रहेको छ । छलफलमा पत्रकार दानीले अब जिल्ला भिरीका यस्ता असहाय, वेसाहारा, टुहुरा बालबालिकाहरुको यथेस्ट विवरण संकलन गरी उनिहरुको उद्वारमा लाग्ने बताएका छन ।
छलफल कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले पनि यस्तो सकारात्मका कार्यका लागि आफुले सधै साथ दिने बताएका छन । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी समिरिराज भण्डारीले पनि यस्ता कामको लागी आफुसंग सुचना आउने बित्तिकै आफुले उद्वारमा सहयोग गर्ने बताएका छन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथले पनि यस्तो कार्यका लागि चाहिने सुरक्षामा सहयोग गर्न सुरक्षा निकायले कुनै किसिमको कसुर नराख्ने बताएका छन