बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. २ माझिगाँउ माइति घर भई खप्तड छेडेदह गाँउपालिका वडा नंं ६ सुदाडाल पोइली घर भएकी २६ बर्षिया मिना नेपालीका दुई छोराहरुको अवस्था दयनिय रहेको पाइएको छ ।
भारतमा लामो समय देखि बस्दै आएकी मिनाको श्रीमान पनि मानसिक सन्तुलन गुमाएर अलपत्र परेको उनकी सासु भुजि नेपालीले बताएकी छन । पुर्ण रुपमा मानसिक सन्तुलन गुमाएकी मिनाको लोकतन्त्र विहानी मिडिया हाउसले उद्वार गरी धनगढी पठाए पछि उनका दुइ छोरा र ६० बर्षिया सासुको अवस्था दयनिय भएको खवर प्राप्त भए पछि मिडियाहाउसको पहलमा नै अवस्था बुझ्न जाँदा अलप परेको पाइएको छ ।

कार्तिक १७ गते जिल्ला सदरमुकाम मार्तडीमा मानसिक सन्तुलन गुमाएका एक भारतिय नागरिक र २६ कर्षिया मिना नेपालीलाई लोकतन्त्र विहानी न्युजका प्रधान सम्पनदक एबम् अध्यक्ष राम बहादुर दानीको पहलमा धनगढी स्थित मानव आ्रश्रम केन्द्रमा पठाइएको थियो ।
कार्तिक २० गते तिहारको टिकाको दिन लोकतन्त्र विहहानी मिुडिया हाउसको टिमले उनको घरको अवस्था बुझ्न जाँदा उनिह्ररुको अबस्था निकैनै दयनिय भएको पाइएको छ । जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायहरु लगायत मानव अधिकार संजाल बाजुरा, सेभ हाउस बाजुरा, सुरक्षा निकायका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारी, प्रहरी निरिक्षक बलेन्द्र नाथ र बडीमालिका नगरपालिकाका मेयर पदम बहादुर बडुवाल संगको समन्वयमा समन्वयमा मिनाको उद्वार गरिएको थियो ।
मिना र भारतिय नागरिको अहिले मानसिक सन्तुलनमा केहि सुधार हुँदै आएको मानव आश्रम केन्द्र धनगढीका सहजकर्ता अच्युत घिमिरेले वताएका छन् । दुबै जनाको नियमित स्वास्थ्य परिक्षण भैरहेको पनि उनले ताएका छन ।
आमा र बुवा दुबैले मानसिकि स्नतुलन गमाए पछि उनका दुबै छोराहरुको पठनपाठन र अन्य कुराहरुका लागि भने निकै नै गाह्रो परेको छ । लोकतन्त्र विहानी न्युजका प्रधान सम्पादक राम बहादुर दानी लगायतको टिमले उनिहरुको अवस्थाको वारेमा बुझ्न जाँदा उनिहरुले आफुहरुको उद्वारका लागी गुहार मागेको छ । घरघरमा सिंह्दरवारको संज्ञाको रुपमा रहेको स्थानिय सरकार के गथरि रहेको छ भनेर यसका बिषयमा वडा नं. ६ का वडा अध्यक्ष कुम्भनाथ योगीलाई फोनमार्फत बुझ्न खोज्दा आफुले पनि यो घटनाको वारेमा भर्खर मा थाहा पाएको र उनिहरु भारतबाट नेपाल आएको करिव एक महिना मात्र भर्एकोले आफुले यसको वारेमा बुझ्ने त्यस पछि वडा बाट के पहल गर्न सकिन्छ आफु तिनिहरुको उद्वारका लागि पछाडी नपर्ने बताएका छन । गाँउपालिका संग भने सम्पर्क हुन नसेकेर सल्लाह लिन सकिएको छैन ।
बिचल्ली नावादक दुइ छोरा र सुगरको रोगले पीडित ६० बर्षिया सासु भुजी नेपालीलेृ भने आफुहरुलाई कहि कैतै बाट सहयोग भए आफुहरुलाई केहि सहज हुने दुखेसो पोखेकी छन । हाल दुबै नातीहरु संगै आफन्तको सहारामा आफन्तकै घरमा बसेकी भुजि नेपाली र उनका दुइ नातीहरुको सहयोगका लागि लोकतन्त्र बिहानी मिडिया हाउस ०९७५४१२५५ र ९८४८५२३५२४ मा सहयोग गर्न चाहानुहुने दयालु मनहरुलाई अनुरोध गरिन्छ ।












