राम बहादुर दानी/बाजुरा- जिल्लाको बुढीगँगा नगरपालिका वडा नम्बर ९ सेरालाबाडामा देउडा घम्साघम्सी हुने भएको छ । शुभ दिपावली २०७८ सालको अबसर पार्दै उक्त देउडा प्रतियोगिता हुने स्थानिय कृष्ण सेरालाले जानकारी दिएका छन।
कला साहित्यको सँरक्षण र स्थानिय कलाकारहरुको सम्मान भन्ने उद्देश्यकासाथ कार्तिक २६ गते साँझ ९ बजेबाट देउडा खेल हुने आयोजकले जनाएको छ । अछाम जिल्लाकी देउडा खेलाडी पानसरा थापा र बाजुरेली देउडा खेलाडी शँकर मल्ल बिच घम्साघम्सी देउडा हुने भएको छ ।
यसरी विभिन्न पर्वहरुको असवसर पार्दै जिल्लामा हुने हरेक साँगीतिक कार्यक्रम सभ्य र भब्य रुपमा हुने गरेता पनि जुनसुकै ठाँउमा गरिने कार्यक्रम भने जिल्ला स्थित वास्तविक कलाकारको पहिचान र सम्मान भने हुन सकेको छैन । जिल्लामा आयोजना हुने कुनै पनि सँगीतक कार्यक्रम लोक दोहोरी गीत प्रतिष्ठान सँगको समन्वयमा हुनु पर्ने विधानमा छ । जिल्लाको लोकदोहोरी गीत प्रतिष्ठान कम्जोर भएकै कारण वाजुराका कलाकारहरुको उचित सम्मानमा कमि भएको एक तथ्यले सावित गरेको छ ।