बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. १ पाटामा रहेको सोलार घट्ट बिगत लामो समय देखि बन्द भएको छ । बिगत १० बर्ष देखि संचालनमा आएको सो घट्टमा एका एक खरावी आए पछि बन्द भएको हो ।
महिला बिकास मञ्च बाजुराको आर्थिक लगानीमा २०६९ साल तिर निर्माण भएको घट्ट बन्द भए पछि करिव ६ घण्टाको समय लगाउनु पर्ने वडा नं. १ का स्थानिय वीरेन्द्र दानीले बताएका छ । निर्माण भएको करिव ८ बर्ष सम्म संचालन भएको घट्ट बिग्रदा पुनः निर्माणका लागि कोही कसैको ध्यान नगएको पनि त्यस गाँउका स्थानियको गुनासो रहेको छ ।
यता यो विषयमा के भएको हो भनेर महिला मंच बाजुराकी अध्यक्ष जुना दानीलाई सोध्दा आफुले ठुलो पहल गरेर सोलारबाट चल्ने घट्ट गाँउमा बनाउन सफल भएको त्यस पछि बिग्रदा भत्किदा पनि संघ संस्थाको नै सहयोग माग्नु पर्ने भएकोले आफुलाई बन्द भएको करिव २ बर्ष पछि मात्र जानकारी आएकोले आफुले जति सक्दो चाँडो मर्मत गर्न सहयोग गर्ने बताएकी छन् ।
उता मिल चालक डबल दानीलाई यो विषयमा किन के कसरी बन्द भएको हो भनेर सोध्दा मिल संचालन हुँदा राम्रै चलि रहेको थियो तर बिगत केहि बर्ष देखि मिल बिग्रीन जाँदा आफुले मर्मत गर्न कोसिस गरेको तर लागत रकम नपुग्दा मर्मत हुन नसक्दा बन्द राख्नु पर्ने वाध्यता रहेको बताएका छन् । मिल चलि रहेको समयमा एक्कासी पासथर फुटेर आफ्नो कान समेत बन्द भएको मिल चालक दानीले बताएका छन ।











