
राम बहादुर दानी– जिल्लको गौमुल गाउँपालिका ३ घर भई हाल बडिमालिका नगरपालिका ९ मा अस्थाई बसोवास गर्दै आएकी ५५ बर्षिया महिलाको कोरोनाले मृत्यु भएको छ ।
बुधबार बिहान पाँच बजेतिर स्वास्थ्यमा समस्या आएर जिल्ला अस्पतालमा उपचारको लागी पुर्याएको थियो । अस्पताल पुर्याएको १२ घण्टा पछी महिलाको मृत्यु भएकाे स्वास्थ्य कार्यालय बाजुराका नि. कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।
नि. कार्यालय प्रमुख चन्दका अनुसार पेटको क्यान्सर भएको र स्वाशप्रस्वासमा समस्या आएर मृत्यु भएको बताउनुभयो । एन्टिजन बिधिबाट काेराेना परीक्षण गर्दा निजलाई कोरोना पाेजेटीभ देखिएको नि. कार्यालय प्रमुख चन्दले बताए ।
दोस्रो चरणको कोभिट १९ (कोरोना भाइरस) बाट बाजुरामा पनि मृत्यु हुने क्रम सुरु भएको छ । पहिलो चरणको लहर भन्दा दोस्रो चरणको कोभिट १९ (कोरोना भाइरस) निकै नै भयानक र खतरनाक भएको स्वास्थ्य बिधहरुले बताएका छन । यसरी देश ब्यापी रुपमा चलिरहेको कोरोनाको दोस्रो लहरबाट नेपालले पनि ठुलो क्षति बेहोर्नु पर्ने स्वास्थ्य बिज्ञहरुले बताएका छन । बाजुरामा पनि दोस्रो चरणको कोभिट १९ (कोरोना भाइरस) ले मृत्युदरमा निकै ठुलो दरमा ल्याँउन सक्ने भएको छ । बाजुरा जिल्लामा २२ गतेबाट लागु हुँने गरी लागु भएको निषेधाज्ञाको सबैले पालना गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।