युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
383 पटक पढिएको

बाजुरा– नगरपािलका स्तरिय दलित भुमी अधिकार युनियन तथा सँगठन निर्माण कार्यक्रम बडीमालिका नगरपालिकाको तालिमहलमा सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय दलित नेटवर्क नेपाल बाजुराका अध्यक्ष कासी नेपालीको अध्यक्षतामा बडिमालिका नगरपालिकाको सभाहलमा संम्पन्न भएको हो ।

कार्यक्रमको बारेमा प्रष्ट पार्दै अध्यक्ष कासी नेपालीले भुमि अधिकार अभियान न्यायिक अधिकारको बिनियम अनुसार वास्तविक भुमि हिन दलितहरुले न्याय नपाएको भन्दै आफ्नो अधिकारका लागि राज्यका सबै निकायहरुको ढोका ढकढक्याउने बताएका छन । कार्यक्रमको अध्यक्षताकाे आसनबाट बोल्दै उहाले भुमि नभएका भुमिहिन नागरिकलाई भुमि दिलाउन शुदुरपश्चिमका ९ वटै जिल्लाबाट सँगठन बिस्तार गरि राज्यका निकायहरुलाई घच्घच्याउने बताएका छन ।

नगर स्तरिय सँगठनको पुनः निर्माण गरि नयाँ रुप दिने सँगठन चयन पनि बुधबार बसेको सँगठन निर्माण कार्यक्रमको लक्ष रहेको छ । जिल्लामा धेरै हलिया र खलिया पर्था रहेकोले दलित समुदायलाई माथी उठाउन दलित सम्बन्धी सँगठनहरुले पहल गर्नु पर्ने अधिकाँश वक्ताहरुको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति बाजुराकी उप प्रमुख सुनिता मिजारले दलित समुदायमा हेपिएर चेपिएर बसेका दलित नागरिकहरुको सवालका बिषयमा के कस्ता कार्यक्रमहरु ल्याएर अगाडी बढ्नु पर्छ त्यसको बिषयमा आफुले गर्ने पहलमा कुनै कसुर नहुने भताएकी छन ।

कार्यक्रममा बोल्दै बडिमालिका नगरपालिका नगर कार्य पालिका सदस्य हर्क वि.क.ले आफुले दलित अधिकार र दलित सशक्तिकरणका लागि सवालहरु अगाडी बडाउने बताएका छन । कार्यक्रममा आफ्ना कुरा राख्दै दलित अधिकार सम्बन्धि आवाज उठाउने विभिन्न दलितकर्मीहरुले एक आपसमा राजनितिक मनमटाब नगरी बिचार र वाटो फरक भए पनि लक्ष तथा गन्तव्य एउटै भएकोले बाजुरेली दलितहरुले एक भएर अगाडि बढ्न आजको आवश्यक भएको बताएका छन ।

विभिन्न राजनितिक दलहरुले राजनितिलाई जन मुखी नभएर ब्यक्तिमुखी भएकोले दलित समुदायमा शैक्षिक योग्यता भएका युवाहरुले पनि बेराजगार बस्नु परेको बताएका छन । कार्यक्रममा बोल्दै उहाले दलितहरु गरिव भएकै कारण दलितहरुका बस्तिहरु भिरालो, कुना कन्धारा र खोलाको छेउछाउमा बस्ति भएकाले दलित समुदायमा बढी दैबिक, प्राकृतिक बिपत्ति भोग्नु परेको बताए । उनले पहिलेका ठुला बडा भनाउदाहरुले दलितलाई प्रयोग गरेर स्थायी जमिनको प्रयोगमा आफुहरुलाई खेताला बनाएर हैकमवादी जमाएर ठुलावडा भनाउदाले चेपाहा प्रवृतिमा काखा लगाएकोले सबै नेपाली नागरिक भएकोले समान अधिकारका लागि दलितहरु एक भएर नयाँ क्रान्तिको सुरुवात गर्न आवश्यक भएको बताएका छन ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै बडीमालिका नगरपालिकाका कार्यकारी प्रमुख रँगमल बिकले दलितका केहि समस्या समाधान भएता पनि केही समस्याहरु भने जिउका तिउ रहेको बताएका झन । २१ औँ सतमव्दीको समाप्त कालिन समय नजिकीदै जादा पनि मानव एकता समानता भन्दा बाहिर नै रहेको बताएका छन । बडीमालिका नगरपालिकामा करिव २३ प्रतिशत दलितहरु रहेकोले सबै दलितहरुको अधिकारमा लड्न अहिलेको आवश्यकता रहेको बताए । विगत भन्दा वर्तमान अवस्थामा केही ब्यबस्था भने परिवर्तन भएकोले त्यति निरास नहुन पनि आग्रह गरेका छन ।

कार्यक्रममा आफ्नो महत्वपुर्ण तर्क राख्दै कार्यकारी बिकल छुवाछुत वास्तविकता नभई मानसिकता भएको बताएका छन । अहलेको समयमा शिक्षाले गरिव र दलित बनाएको पनि ठोकुवा गरेका छन । शैक्षिक दलितहरुले कुनै पनि समयमा छुवाछुतको प्रतिकार गर्न सक्ने तर शिक्षित नभएका ब्यक्तिमा क्षमतामा कमि भएकोले वाकतामा कमि हुदा हेपिने चेपिने र छुवाछुत प्रबृति बढ्ने भएकोले दलित समदायमा शैक्षिक अभियानमा लिनु पर्ने बताएका छन । बाजुराका जुनसुकै ब्यक्तिहरुमा जातिय भेदभाब नभई मानसिक भेदभाव रहेकोले मानसिकताको विचारलाई परिवर्तन गर्न अवश्यक रहेकोले सबै दलितहरुले एकताको सुत्रमा बाँधिन आवश्यक रहेको बताएका छन ।

जिल्लाको हलिया खलिया मुकती समुहहरुले सँगठन बिस्तारलाई कमाई खाने भाडोका रुपमा प्रयोग भएकोले काम गरे वापतको ज्यालाको उचित निर्धारण हुनु पर्ने बताएकाछन । अर्काे पर्सँगमा बोल्दै काम गरेको ज्यालाबाट आफ्ना वालबालिकाको पढाईमा ध्यान दिनु पर्ने बताएका छन ।
अध्यक्ष नेपालीको अध्यक्ष्तामा समापन भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समित उपप्रमुख सुनिता मिजार रहनु भएको थियो ।
त्यस्तै माओवादी केन्द्र सचिवालय समिति सदस्य मान बहादुर वि.क. नेपाल दलित सँघका कौशल बि.क., बडीमालिका नगरपालिकाका कार्यकारी प्रमुख रँगमल बि.क. बिशिष्ट अथिति रहनु भएको थियो ।

त्यस्तै नगरकार्य समिति सदस्य हर्क बि.क.,पुर्व क्षत्रपाल जय बहादुर लवार, शान्ति बि.क., एनएनजि बरिष्ट उपाध्यक्ष गोरख बि.क. पत्रकार प्रेम बि.क. रेडियो बाजुरा सँवाददाता सरिता नेपाली, रेडियो पौरखीका राम बहादुर दानी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यानेर पढेर प्रमुख अतिथीबाट उद्घाटन गरिएको थियो भने औपचारिक रुपमा परिचयात्मकताका साथ सुरु भएको कार्यक्रमको संचालन दलित अधिकारकरकर्मी गोरख बिकले गरेका थिए भने कार्यक्रम बडीमालिका नगरपालिकाको तालिमहलमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!