बाजुरा– लौह पुरुष गणेशमान सिंहको १०७ औँ जन्म जयन्ती नेपाली कांग्रेस बाजुराले पनि मनाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा बि.पि स्मृति भवन पार्टी कार्यालयमा सिंहको १०७ औँ जन्म जयन्ती मनाइएको हो ।
लौह पुरुष गणेशमान सिंहले नेपाली कांग्रेस पार्टी र नेपाली जनताको हितका लागि गरेको योगदानको स्मरण गर्दै सवै कांग्रेस निकट नेता कार्यकर्ताहरुको उपस्थितिमा १०७ औँ जन्म जयन्ती मनाइएको कार्यालय सचिव टेक बहादुर रोकायाले लोकतन्त्र विहानी न्यूजलाई जानकारी दिए ।
सिंहको १०७ औँ जन्म जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवम जिल्ला कार्य समिति बाजुराका सभापति रावलले संगठनलाई चुस्त र द्रुस्त राख्न गणेशमान सिंहले गरेको आदर्शको राजनितिलाई आत्मसाथ गर्दै सबैले अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट आतिथी पुर्व सभापति एबम् महासमिति सदस्य मन बहादुर रावलले लौह पुरुषको जस्तै त्यागी नेता भएर पार्टीलाइ थप बलियो र सुदृढ बनाउन सबैले मिलेर लाग्नु पर्ने कुरामा जोड दिएका थिए । नेता रावलले लौह पुरुष सिंहको नेपाली जनताका लागि गरेको त्याग र योगदान माथि चर्चा समेत गरेका हुन । निरकुस राणा साशनको अन्त्य गर्न यहोराद्र जनताको पक्षधर भएर लाग्ने लौह पुरुष गणेशमान सिंहले २००७ सालमा भद्रगोल जेलमा राख्दा पनि राणाहरुको अत्यका लागि सक्रिय रुपमा लागेर नेपाली जनतालाइ न्याय दिएको र निरकुस राणा साशनको अन्त्य गर्न अहम भुमिका निर्वाह गरेको भन्दै नेता सिंह जस्तै बन्न अहिलेका कांग्रेस निकत नेता कार्यकर्ताहरुले पनि उहाँ जस्तै त्यागी नेता बन्न पनि सिंहको बिचारलाई आत्मसात गरेर अघी बढ्न कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई आग्रह समेत गनुभएको हो ।
पार्टी सभापति रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिशिष्ट अतिथी पुव पाटी सभापति एबम् महासमिति सदस्य मन बहादुर रावल अतिथी महा समिति सदस्य एबम् महिलासंघ केन्द्रीय सदस्य जुना दानी, पार्टी उप–सभापति नारायण पाध्याय, सचिव तिलक पुरी, सह सचिव सुरेन्द्र सिंह, तरुण दलका अध्यक्ष कुम्भनाथ योगी, नेविसंघ कार्यबाहक सभापति जनक थापा, महिला संघ जिल्ला कार्य समिति अध्यक्ष अमृता सिंह लगायत सम्पुर्ण जिल्ला कार्य समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे संचालन नेपाली काँग्रेस बाजुराका पर्टी सचिव भरत बहादुर राेकायाले गर्नु भएकाे थियाे ।