
जय बहादुर रावत– कोरोना भाईरस (कोभिड–१९) को दोस्रो चरणको लहर फैलिदा बाजुरामा समेत एक जना ५५ बर्षिया महिलाको मृत्यु भइसकेको छ । उक्त भाईरसबाट जोगीन जिल्ला प्रसाशन कार्यालय बाजुराले बैसाख २२ गते देखी जिल्लामा अत्याआवश्यक बाहेकका सम्पूर्ण सेवाहरु समेत बन्द गरेको छ ।
बैसाख २३ गते देखि जिल्लामा हिड्डुल गर्दा समुहमा हिड्डुल गर्ने नपाईने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो । अत्यावश्यक काम बाहेक घर बाहीर ननिस्कन र अत्यावश्यक काममा घर बाहीर निस्कन परेमा समुह बनाएर हिड्डुल नगर्न सामाजिक दुरी कायम गर्न, खानेकुरामा ध्यान दिन तातो पानी तताएर खान सम्पुर्ण जिल्ला बासीलाई अपिल गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कोरोना कहरको समयमा पनी जिल्लामा खाद्यान्नको अभाव हुन नदिने समेत बताउनुभयो ।